स्वस्तिका र शिभाली सेमिफाइनलमा « Khabarhub

स्वस्तिका र शिभाली सेमिफाइनलमा


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे ।

पुरुष सिंगल्समा प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुशमान हजुर घलेलाई ६–२ र ६–१, छेवाङ लामाले निश्चल कायश्थलाई ७–५ र ६–४, राजवीर प्रधानले सर्वेश खनाललाई ६–० र ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–० र ६–२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४ र ६–४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६–० तथा निहालजंग बहादुर थापाले सन्तोष खत्रीलाई ६–४ र ६–३ को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठले विविध भट्टचनलाई १०–६, ८–१० र १०–४ तथा सर्वज्ञजंग खत्रीले सत्विक मल्होत्रालाई १०–६ र १०–६ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । 

सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०–६ र १०–४ तथा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–८ र १०–८ ले पन्छ्याउँदै फाइनलमा स्थान पक्का गरे ।

यु–९ गल्र्स सिंगल्समा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायश्थ र हीरादेवी ऐडीले जित हात पारे । त्यसै स्पर्धाको ब्वाइजमा सर्वज्ञजंग खत्री विजयी भए ।

यु–१० ब्वाइज सिंगल्समा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवालले सफलता पाए ।

यु–१२ ब्वाइज सिंगल्समा आरित मल्ल, निधाये राणा, अभिषेक बलयल्कोटी, वेदान्त चालिसे, सभ्यजंग कार्की, सुजन कुइकेल, अर्याशराज पौडेल र विश्वविशेष डल्लाकोटी सफल भए । उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, अनुश्री ध्वजु, सरा पन्त र नाइरा घलेले जित हात पारे ।

यु–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक, असभसम्राट हाडा, साङ्गे रोकाया र दर्शिल श्रेष्ठ विजयी भए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ३२ बजे

३२ औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

काठमाडौं-  विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण

नबिल बैंकको एनबैंक एपमार्फत एसआइपी सेवा लिन सकिने

काठमाडौं– नबिल बैंक लिमिटेडले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा

एक महिने मत्स्यनारायण मेला सुरु (तस्बिर)

काठमाडौँ– काठमाडौँको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने

सत्य बोल्न नसक्ने मानव अधिकार आयोगको औचित्यमाथि प्रश्न

मानव अधिकार आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको आधारभूत मूल्य हो ।

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा