दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता | Khabarhub Khabarhub

दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ३६ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल