एकतापछि प्रचण्डले भने- १० घटकको ठूलो भारी र जिम्मेवारी पाउँदा गर्व महसुस गरेको छु | Khabarhub Khabarhub

एकतापछि प्रचण्डले भने- १० घटकको ठूलो भारी र जिम्मेवारी पाउँदा गर्व महसुस गरेको छु


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको पार्टीलाई एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । 

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले कम्युनिष्ट पार्टीको एकताले कतिपय प्रतिक्रियावादी टाउको दुखेको उल्लेख गरे । आफूलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिएकोमा विशेष हर्ष र गर्वको महसुस भएको उनले बताए । 

प्रचण्डले  १०पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा आफूहरू नरहेको उल्लेख गर्दै अन्य कम्युनिस्ट घटक या एमालेसँग समेत बृहत् एकताको निम्ति राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति हातेमालो गर्न तयार रहेको जिकिर गरे । 

उनले जेन-जी आन्दोलनले उठाएका मुद्दाले आफूहरूको कमजोरी उजागर गरेकै कारण पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गरेको धारणा राखे ।

त्यस्तै प्रचण्डले आफूहरू पार्टी नेतृत्वमा नै बसिरहनुपर्छ भन्ने नरहेको भन्दै नयाँ विचार, विधि र प्रणालीको विकास गरेर फरक भूमिकामा जान तयार रहेको स्पष्ट पारे । 

उनले पार्टी एकतासँगै अव देशभर एकता घोषणा सभा र अभियान लिएर जाने जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ४८ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले