एकतापछि प्रचण्डले भने- १० घटकको ठूलो भारी र जिम्मेवारी पाउँदा गर्व महसुस गरेको छु « Khabarhub

एकतापछि प्रचण्डले भने- १० घटकको ठूलो भारी र जिम्मेवारी पाउँदा गर्व महसुस गरेको छु


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको पार्टीलाई एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । 

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले कम्युनिष्ट पार्टीको एकताले कतिपय प्रतिक्रियावादी टाउको दुखेको उल्लेख गरे । आफूलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिएकोमा विशेष हर्ष र गर्वको महसुस भएको उनले बताए । 

प्रचण्डले  १०पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा आफूहरू नरहेको उल्लेख गर्दै अन्य कम्युनिस्ट घटक या एमालेसँग समेत बृहत् एकताको निम्ति राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति हातेमालो गर्न तयार रहेको जिकिर गरे । 

उनले जेन-जी आन्दोलनले उठाएका मुद्दाले आफूहरूको कमजोरी उजागर गरेकै कारण पार्टीभित्रका कमजोरी सच्याएर नयाँ अभियानमा अघि बढ्न प्रेरित गरेको धारणा राखे ।

त्यस्तै प्रचण्डले आफूहरू पार्टी नेतृत्वमा नै बसिरहनुपर्छ भन्ने नरहेको भन्दै नयाँ विचार, विधि र प्रणालीको विकास गरेर फरक भूमिकामा जान तयार रहेको स्पष्ट पारे । 

उनले पार्टी एकतासँगै अव देशभर एकता घोषणा सभा र अभियान लिएर जाने जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ४८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५