नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित « Khabarhub

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ।

यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ।

आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।

यूएईलाई जिताउने क्रममा मोहम्मद शाहदादले सर्वाधिक ९६ रनको स्कोर गरे । उता मोहम्मद वासिन ७६ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए। नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीको नाममा एक-एक विकेट रह्यो ।

टस हारेर पहिले ब्याटिङमा गएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको थियो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्ल ४५ रन बनाउँदा आसिफ शेख ३४ रनमै रोकिए ।

यूएईका लागि ध्रुव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले २/२ विकेट झारे । अहिलेसम्म यूएईमा भएका यो सिरिजका सबै खेल नेपालले गुमाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : १७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी