जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने « Khabarhub

जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय बैठकले सुदूरपश्चिम प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले जेन-जी आन्दोलनपछि सञ्चालन हुन नसकेको प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए ।

सो सर्वदलीय बैठकमा सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य खेमादेवी विष्ट र नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य पमदबहादुर शाहीको उपस्थिति थियो ।
 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ४२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५