सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल « Khabarhub

सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बनेको छ।

बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेरियट र सुदूरपश्चिम रोयल्सबीच यो सहकार्य सुरु भएको हो। होटल मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोज र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले देशकै प्रतिष्ठित होटलसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।

 उनले भने, ‘मेरियट जस्तो प्रतिष्ठित होटलसँग सहकार्य गर्न पाउँदा निकै खुशी छु। यो सहकार्यले दुबै पक्षलाई सकारात्मक ऊर्जा मिल्नेछ।’

त्यस्तै, मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोजले आफ्नो मनपर्ने टोली सुदूरपश्चिमलाई स्वागत गर्न तयार रहेको बताए।

 ‘हाम्रो मनपर्ने टोली सुदूरपश्चिमलाई स्वागत गर्न हामी तयार छौं। यो सम्झौताले हामीलाई निकै खुशि बनाएको छ,’ कम्बोजले भने।

यो सिजन उपाधि जित्ने लक्ष्य लिएको सुदूरपश्चिम रोयल्सले आफ्नो प्रशिक्षण पनि सुरु गरिसकेको छ। टोलीले हालसम्म चार विदेशी खेलाडी भित्र्याएको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ४४ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ