सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल « Khabarhub

सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बनेको छ।

बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेरियट र सुदूरपश्चिम रोयल्सबीच यो सहकार्य सुरु भएको हो। होटल मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोज र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले देशकै प्रतिष्ठित होटलसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।

 उनले भने, ‘मेरियट जस्तो प्रतिष्ठित होटलसँग सहकार्य गर्न पाउँदा निकै खुशी छु। यो सहकार्यले दुबै पक्षलाई सकारात्मक ऊर्जा मिल्नेछ।’

त्यस्तै, मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोजले आफ्नो मनपर्ने टोली सुदूरपश्चिमलाई स्वागत गर्न तयार रहेको बताए।

 ‘हाम्रो मनपर्ने टोली सुदूरपश्चिमलाई स्वागत गर्न हामी तयार छौं। यो सम्झौताले हामीलाई निकै खुशि बनाएको छ,’ कम्बोजले भने।

यो सिजन उपाधि जित्ने लक्ष्य लिएको सुदूरपश्चिम रोयल्सले आफ्नो प्रशिक्षण पनि सुरु गरिसकेको छ। टोलीले हालसम्म चार विदेशी खेलाडी भित्र्याएको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ४४ बजे

कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो

काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं

ब्रेक्जिटपछि ईयूसँग सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित