सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश « Khabarhub

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई विपक्षी बनाउनुपर्ने आधार कारण नभेटेको बताएको छ। बुधबार संवैधानिक इजलासले रिट निवेदकहरुलाई दललाई विपक्षी बनाउनुपर्ने कारण नदेखिएको बताएको हो।

रटि निवेदक अधिवक्ता पुण्यप्रसाद खतिवडासहितले दायर रिटमा माग गरेबमोजिम दललाई लिखित जवाफ पेस गर्नुनपर्ने आदेश भएको हो।

आदेशमा राष्ट्रपति कार्यालयसहितका बाँकी प्रतिवादीलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ।

‘…यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ७ दिनभित्र प्रत्यर्थी नं. २, ३, ४, ५ र ७ का हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरूका नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पर्ने अवधि व्यतित भएको नियमानुसार पेस गर्नु,’ आदेशमा भनिएको छ, ‘प्रत्यर्थी नं. २, ३, ४, ५ र ७ बाहेकका अन्य प्रत्यर्थीहरूको हकमा लिखित जवाफ मगाउनुपर्नेसम्मको औचित्यपूर्ण आधार र कारण निवेदनमा खुल्न आएको नदेखिँदा निजहरूबाट लिखित जवाफ मगाइरहन परेन।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ३१ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन