आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा | Khabarhub Khabarhub

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ आम निर्वाचनपछि आफ्नो ब्यारेकमा फर्किने बुधबार बताएको छ ।

सेना मुख्यालयको आर्मी ट्रेनिङ एन्ड डक्ट्रिन कमान्डका जनरल अफिसर लेफ्टिनेन्ट जनरल मोहम्मद मैनुर रहमानले बुधबार ढाकामा पत्रकार सम्मेलनमा भने, “चुनाव सकिएपछि सेना आफ्नो ब्यारेकमा फर्कनेछ ।”

उनले चुनावले देशलाई थप स्थिर बनाउने र समग्र सार्वजनिक सुरक्षामा सुधार आउने विश्वास व्यक्त गरे । सेनाले विगत १५ महिनादेखि आफ्नो शिविर बाहिर ड्युटी गरिरहेको उनले बताए ।

उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न सेनाको टोली तयार रहेको पनि बताए । बङ्गलादेशको निर्वाचन आयोगले यसअघि नै देशको आम चुनावको सुरक्षाका लागि एक लाख सेना परिचालन गर्ने घोषणा गरेको थियो।

गत वर्ष पूर्व प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि पहिलो पटक फेब्रुअरी २०२६ मा आम निर्वाचन आयोजना गर्ने घोषणा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ३२ बजे

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०