फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो « Khabarhub

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर मृत्यु हुनेको सङ्ख्या बुधबार १०० भन्दा बढी पुगेको छ। फिलिपिन्समा हालै आएकोे आँधकिो प्रभाव सेबु प्रान्तमा सबैभन्दा बढी परेको छ।

सेबुमा मङ्गलबार आएको आँधीका कारण विभिन्न शहरहरूमा बाढी पसेको थियो । बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो। सेबुका प्रवक्ता रोन रामोसले एएफपीलाई प्रान्तीय राजधानी सेबु शहरको मेट्रो क्षेत्रमा पर्ने लिलोनमा बाढीले डुबेका ३५ जनाको शव भेटिएको जानकारी दिए । यो डरलाग्दो समाचारसँगै सेबुमा पछिल्लो प्राकृतिक विपत्का कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ।

छिमेकी नेग्रोस टापुमा कम्तीमा १२ जनाको मृत्यु भएको र १२ जना बेपत्ता भएको प्रहरी लेफ्टिनेन्ट स्टिफन पोलिनारले बताए । मौसम विशेषज्ञ चार्मेन भेरिल्लाले एएफपीलाई भन्नुभयो, “सेबु शहर वरपरको क्षेत्रमा काल्मेगी अवतरण हुनुभन्दा पहिलेको २४ घण्टामा १८३ मिलिमिटर ९सात इन्च० वर्षा भएको थियो, जुन यसको मासिक औसत १३१ मिलिमिटर भन्दा बढी हो।

प्रान्तीय गभर्नर पामेला बारिकुआट्रोले मङ्गलबार स्थितिलाई ‘अकल्पनीय र विनाशकारी विपत्’ को अवस्था बताएका थिए । पछिल्लो समय फिलिपिन्समा मानवीय हस्तक्षेपका कारण भएका जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

आँधीका कारण बढी प्रभावित क्षेत्र सेबुलगायतका स्थानबाट आठ लाखभन्दा मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ३९ बजे

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती