भारतद्वारा अफगानिस्तानलाई १६ टन औषधि सहयोग « Khabarhub

भारतद्वारा अफगानिस्तानलाई १६ टन औषधि सहयोग


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अफगानिस्तानलाई १६ टन औषधि सहयोग गरेको छ । भारतले १६ टन एन्टीभेक्टर औषधि सहयोग गरेको अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका प्रवक्ताले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै तालिबानले मानवीय सहायतास्वरुप भारत सरकारले अफगानिस्तानलाई १६ टन एन्टी भेक्टर रोग प्रतिरोधी औषधि प्रदान गरेको जनाएको हो । यसबाट अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा भारतको सहयोग र जनस्वास्थ्य र रोग नियन्त्रणमा द्विपक्षीय सहकार्य थप स्पष्ट भएको उल्लेख गरिएको छ ।

भारतको यस सहयोगबाट औलो, डेङ्गु, लिशमेनिअसिसजस्ता रोगको रोकथामका लागि अफगानिस्तानको क्षमता अभिवृद्धि हुने तालिबानको अपेक्षा छ । सहयोगप्रति तालिबान सरकारले भारतलाई धन्यवाद पनि दिएको छ ।

यस सहयोगबाट भारतले आफूलाई अफगानिस्तानको विश्वासिलो साझेदारका रुपमा प्रमाणित गरेको पनि तालिबानले जनाएको छ । हालै अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएपछि भारतले औषधि सहयोग गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : १८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग