एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड « Khabarhub

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा  विशेष जोड दिएको छ । 

अल्पविकसित, भूपरिवेष्‍टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा एलडिसी समूह अध्यक्षका रुपमा : परराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिएका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउन बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताए। 

त्यस अवसरमा उनीहरूबीच बैंकको भूमिका र सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो । 
 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ०३ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा