मोदीले पुटिनलाई दिए रूसी भाषामा लेखिएको गीता उपहार « Khabarhub

मोदीले पुटिनलाई दिए रूसी भाषामा लेखिएको गीता उपहार


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारत पुगेपछि द्विपक्षीय संवाद र भेटघाट जारी छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई विमानस्थलमै विशेष स्वागत गरे । स्वागतपछि पुटिनलाई मोदीले रूसी भाषामा अनुदित गीता उपहारस्वरूप दिएका छन् ।

पुटिन २३औँ भारत–रूस शिखर सम्मेलनका लागि दुई दिने भारत भ्रमणमा आएका हुन्। यसअघि उनी सन् २०२१ मा भारत आएका थिए। उनलाई स्वागत गर्न मोदी प्रोटोकल तोडेर आफैं पालम एयरपोर्ट पुगेका थिए।

मोदीले एयरपोर्टमा पुटिनलाई अँगालो मारेर स्वागत गरेका थिए। त्यसपछि दुवैजना एउटै कारमा बसेर प्रधानमन्त्री निवास पुगे, जहाँ पुटिनको सम्मानमा निजी डिनर आयोजना गरिएको थियो।

मोदीले पुटिनलाई रूसी भाषामा लेखिएको भगवद्गीताको प्रति उपहार दिए। उनले एक्समा लेखे, ‘मित्र पुटिनलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ।’

शुक्रबार बिहान ११ बजे पुटिनको औपचारिक स्वागत राजकीय सम्मानसहित गरिएको छ। स्वागतपछि पुटिन राजघाटमा पुष्पाञ्जलि अर्पण गर्न पुगे । त्यसपछि दुवै नेता शिखर सम्मेलनका लागि हैदराबाद हाउस पुगेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै