इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था « Khabarhub

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको छ । 

नयाँ कार्यघण्टा नियम लागू भएपछि उत्पन्न व्यवधानले यात्रुहरू उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठूलो कठिनाइमा परेका छन् ।

विमानस्थलहरूमा यात्रुहरू भुईँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयरलाइनबाट स्पष्ट जानकारी नपाएको दृश्यहरू देखिएका छन् । यो अव्यवस्था लगातार चौथो दिन कायम रहेको छ ।

सरकारले थकान र सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राखेर चालकदल तथा पाइलटहरूको विश्राम अवधि बढाउने र राति उडान सीमित गर्ने नयाँ नियम ल्याएको थियो । यसको दोस्रो चरणका नियमहरू नोभेम्बरदेखि लागू भएको र इन्डिगोले समयमै आफ्नो रोस्टर प्रणाली अनुकूल गर्न नसकेको स्वीकार गरेको छ ।

बिहीबार मात्र ३०० भन्दा बढी उडान रद्द भएका थिए र सयौँ ढिलाइ भए । नयाँदिल्ली विमानस्थलले शुक्रबार मध्यरातिसम्म सबै घरेलु इन्डिगो उडान रद्द हुने विज्ञप्ति जारी गरेको छ । अन्य प्रमुख एयरलाइन्स जस्तै एयर इन्डियामा यस्ता समस्या देखिएका छैनन् ।

इन्डिगोले भारतभित्र दैनिक दुई हजार ३०० भन्दा बढी उडान सञ्चालन गर्छ र ६५ प्रतिशत घरेलु बजार नियन्त्रण गर्छ ।

कोलकाताका ज्येष्ठ नागरिक सजल बोस आफ्नी श्रीमतीसँग दिल्ली जानका लागि तयारीमा थिए तर उडान उडानसमयभन्दा एक घण्टा अघि नै रद्द गरिएको थियो ।

उनले अहिले नौ घण्टाको रेल यात्रा गरेर बागडोगरा पुगेर अर्को एयरलाइनमार्फत दिल्ली जाने योजना बनाउनु परेको बताए । ‘यो अत्यन्तै गैरजिम्मेवारपूर्ण र सम्पूर्ण लापरबाही हो । हामीजस्ता वृद्ध व्यक्तिका लागि झनै कठिन”, उनले भने ।

इन्डिगोका प्रमुख कार्यकारी अधिकृत पिटर एल्बर्सले यस हप्ताको एक आन्तरिक इमेलमा क्षमायाचना गर्दै प्राविधिक समस्या, तालिका परिवर्तन, खराब मौसम, भीडभाड र नयाँ नियमको प्रभावका कारण उडान अव्यवस्था भएको स्वीकार गरेका छन् ।

भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको वक्तव्यमा समस्याको मुख्य कारण एयरलाइनको योजना निर्माणमा भएको त्रुटि र गलत मूल्याङ्कन रहेको बताइएको छ ।

एअरलाइनले पनि दोस्रो चरणका नियम लागू गर्दा चालकदल व्यवस्थापनमा परेको असर आफूहरूको अनुमानभन्दा धेरै ठूलो भएको स्वीकार गरेको छ ।

इन्डिगोले नयाँ नियम लागू गर्न अस्थायी छूट मागेको छ र सुधारात्मक कदम चालिरहेको सरकारलाई जानकारी गराएको छ । कम्पनीले फेब्रुअरी १० सम्म पूर्ण सञ्चालन पुनःस्थापना हुने दाबी गरेको छ ।

आगामी केही हप्तामा थप रद्द तथा ढिलाइ हुने सम्भावना रहेको बताउँदै इन्डिगोले डिसेम्बर ८ देखि उडान सङ्ख्या घटाएर अव्यवस्था न्यून गर्ने निर्णय गरेको छ । रासस

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ३ : ०६ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना