लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर « Khabarhub

लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्दा साविक विजेता जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएको छ ।

शुक्रबार सम्पन्न लिग चरणको पच्चिसौँ खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा छनौट भएका टोलीको टुङ्गो लागेको छ । अंक तालिकाको शीर्ष चारमा रहँदै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स प्लेअफमा पुगेका हुन् । प्लेअफको अन्तिम समीकरण टुङ्गो लाग्न भने बाँकी नै छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले जनकपुरलाई चार विकेटले पराजित गर्‍यो । खेलमा जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । ३२ बलको सामना गरेका उनले २ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, डार्शी शर्टले २४ बलमा ३० रन बनाए भने जेजे स्मिटले १९ बलमा २१ रन जोडे ।

बलिङतर्फ जनकपुरका सङ्गीथ कुरे एक्लैले तीन विकेट लिए । त्यस्तै, मयन यादवले दुई र सञ्जय कृष्णमुर्तीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनायो ।

जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक नट आउट ४५ रन बनाए । ३८ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, मयन यादवले २३ बलमा २७ रन जोडे । त्यस्तै, ओपनर आशिफ शेखले १७ बलमा २० रनको योगदान दिए ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान दुई विकेट लिए । त्यसैगरी, रुबेन ट्रम्पलम्यान र जेजे स्मिटले समान एक विकेट लिए ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपैयाँ राखिएको छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : २४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने