चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन « Khabarhub

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मीखोलामा अवैध रूपमा भइरहेको ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

चुरेबाट नदीजन्य पदार्थको तोकिएको सीमाभन्दा बढी उत्खनन तथा अनियमित गतिविधिबारे लगातार गुनासो आएपछि अनुगमन टोली परिचालन गरिएको हो । अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अवैध उत्खननले वातावरणीय तथा भौतिक जोखिम बढाउने भएकाले कानुनी प्रक्रियाअनुसार मात्र उत्खनन गराइने बताए । उनले गलत कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको उल्लेख गरे ।

उनले भने, ‘बारम्बार गुनासो आउन थालेपछि वास्तविक अवस्था के छ भनेर बुझ्न हामीले अनुगमन गरेका हौँ । यसक्रममा जथाभावी खोला उत्खनन गरेको, निजी जग्गासम्म खोस्री मापदण्डविपरीत ढुङ्गा, गिट्टी, बालुवा निकालिएको पाइएको छ । कतिपय स्थानमा करिब २० फिट गहिरोसम्म खाल्डा पारिएकाले ती क्षेत्रहरू जोखिमपूर्ण बनेका छन् ।’

सहायक प्रमुख जिल्ला अधिकारी बरालले अवैध उत्खननलाई तत्काल रोक्न निर्देशन दिँदै भने, ‘देखिएका कमजोरीबारे ठेकेदारलाई सचेत गराएका छौँ । अबदेखि मापदण्डअनुसार कानुनले तोकेको प्रक्रिया पालन गर्नुपर्छ । अवैध उत्खनन कानुनविपरीत हुनुका साथै यसले वातावरणीय जोखिम पनि निम्त्याइरहेको हुन्छ, यसलाई रोक्न जरुरी छ ।’

अनुगमनका क्रममा गोलबजार–१ मुक्सार बलडाँडाका स्थानीयले घरनजिकै ठेकेदारले गिट्टी, बालुवा उत्खनन गरी ठूलाठूला खाल्डा पारेकाले जोखिम बढेको गुनासो गरेका थिए । धनगढीमाई–८ स्थित परोपकार गिट्टी–बालुवा उद्योग तथा पुष्पदीप क्रसर उद्योगलाई दुई दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बरालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनाल, आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत भीम काफ्ले, सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका प्रमुख हस्मत अन्सारी, गोलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र महतो, इञ्जिनियर जयगणेश सिंह, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सुरक्षाकर्मीको सहभागिता थियो ।

यसअघि सोही टोलीले लहान नगरपालिकामा पर्ने खुट्टीखोला क्षेत्रको पनि अनुगमन गरिसकेको छ । इलाका प्रशासन कार्यालयका प्रमुख खनालले जिल्लाका विभिन्न नदी तथा खोलामा हुने अवैध उत्खनन रोक्न नियमित अनुगमन जारी रहेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ५९ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले