आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा « Khabarhub

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० प्रतियोगिता सञ्चालन भइरहेको छ । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा पुरुष एकलतर्फ कोरियाका युल हो जुङ र श्रीलङ्काका गानुका फर्नान्डो फाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी, महिलातर्फ नेपालकी शिवाली गुरुङ र चाइनिज ताइपेइकी केचि सु उपाधि नजिक पुगेका छन् । पुरुषतर्फ कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेइका टिङ हो याङलाई ३–६, ६–३, ७–६ (१) ले पराजित गरी जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, आजै भएको सेमिफाइनल खेलमा श्रीलङ्काका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरेका छन् ।

महिला एकलतर्फ चाइनिज ताइपेइकी सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउकी छिन् भने अर्को सेमिफाइनलमा नेपालकी गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिकालाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।

प्रतियोगितामा ‘पुरुष डबल्स’तर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्न सफल भएका छन् । महिला डबल्सतर्फ शिवाली गुरुङ र केचि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जितेका छन् ।

जारी प्रतियोगिताको सर्किट–१ अन्तर्गतको फाइनल खेल शनिबार हुने आयोजक कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् । यही दुई सातासम्म सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट–१ र २ अन्तर्गत १६ देशका ८० खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना रहेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, बङ्गलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीको सहभागिता छ । प्रतियोगितामा विभिन्न चार विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : २० बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु