प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल « Khabarhub

प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोलीसमेत बनेको छ ।

चार खेलबाट आठ अङ्क जोड्दै लुम्बिनी प्लेअफ पुग्दा जनकपुरसहित पोखरा र चितवन लिग चरणको अन्तिम खेल्न बाँकी छँदै बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम, काठमाडौँ र विराटनगर प्लेअफमा सुरक्षित भइसकेका छन् ।

आजको जितमा लुम्बिनीका कप्तान रोहित पौडेलले म्याच विनर पारी खेले । उनी प्लेयर अफ दी म्याचसमेत चुनिए । जितसँगै प्लेअफमा पुगेपछि कप्तान रोहित पौडेलले सञ्चारकर्मीसँग उत्साहित भएको प्रतिक्रिया दिए ।

उनले भने, “प्लेअफ पुग्दा एकदमै खुसी छौँ । अबका खेलमा राम्रो गरेर उपाधि जित्छौँ भन्ने लागेको छ ।” आफ्ना लागि कुनै पनि टिम बलियो नरहेको बताउँदै उनले सहज जित निकाल्नेमा विश्वास व्यक्त गरे । उनले भने, “अबका खेलहरू भनेका नकआउट जस्तै हुन् । कुनै पनि टोलीसँग खेल्न हामीलाई गाह्रो हुँदैन ।”

जनकपुर बोल्ट्स कप्तान जान निकोल लफ्टि इटनले अन्तिम खेल प्रतिष्ठा, समर्थक र व्यवस्थापनका लागि खेल्ने बताउनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ९ : ४६ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि