अफगानिस्तानसँगको नाका बन्द हुँदा पाकिस्तानमा आर्थिक समस्या उत्पन्न « Khabarhub

अफगानिस्तानसँगको नाका बन्द हुँदा पाकिस्तानमा आर्थिक समस्या उत्पन्न


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानसँगको नाका बन्द हुँदा पाकिस्तानमा आर्थिक समस्या पैदा हुन थालेको छ । गत अक्टोबर ११ यता दुई देशबीचको सीमा नाका ठप्प छ ।

सीमा नाका बन्द हुँदा पाकिस्तानको व्यापार, उत्पादन र निर्यात क्षेत्रमा नकारात्मक असर परेको हो । उसै पनि संकटग्रस्त रहेको पाकिस्तानी अर्थतन्त्रको अवस्था अफगानिस्तानसँगको व्यापार ठप्प हुँदा अझ गम्भीर हुने चिन्ता उत्पन्न भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सीमा नाका ठप्प हुँदा मूल्यवृद्धि, अभाव र उत्पादन क्षेत्रमा व्यवाधान उत्पन्न भएको छ । ढनका अनुसार अफगानिस्तानबाट आयात हुने कोइलाको आपूर्ति ठप्प हुँदा विशेषगरी पाकिस्तानको सिमेन्ट उद्योगमा नकारात्मक प्रभाव परेको छ ।

यसबाट उत्तरी पाकिस्तानमा रहेका कतिपय सिमेन्ट उद्योग ठप्प भएका छन् । कतिपय उद्योगले चाहिँ दक्षिण अफ्रिका, इण्डोनेशिया, मोजाम्बिकजस्ता मुलुकबाट आयात हुने महङ्गो कोइलाको भरमा कारखाना सञ्चालन गरिरहेका छन् ।

त्यसबाहेक अफगान बजारमा निर्भर पाकिस्तानको औषधि उद्योग पनि मारमा परेको छ । पाकिस्तानको औषधि उत्पादक संघका अध्यक्ष कैसर वहिदका अनुसार पाकिस्तानले अफगानिस्तानतर्फ हरेक वर्ष १८ करोड ७० लाख डलर बराबरको औषधि निर्यात गर्दै आएको छ । अहिले नाका बन्द हुँदा अफगानिस्तान निर्यातका लागि तयार पारिएको ठूलो परिमाणको सामान गोदाममै राखिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ४५ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति