अफगानिस्तानसँगको नाका बन्द हुँदा पाकिस्तानमा आर्थिक समस्या उत्पन्न « Khabarhub

अफगानिस्तानसँगको नाका बन्द हुँदा पाकिस्तानमा आर्थिक समस्या उत्पन्न


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानसँगको नाका बन्द हुँदा पाकिस्तानमा आर्थिक समस्या पैदा हुन थालेको छ । गत अक्टोबर ११ यता दुई देशबीचको सीमा नाका ठप्प छ ।

सीमा नाका बन्द हुँदा पाकिस्तानको व्यापार, उत्पादन र निर्यात क्षेत्रमा नकारात्मक असर परेको हो । उसै पनि संकटग्रस्त रहेको पाकिस्तानी अर्थतन्त्रको अवस्था अफगानिस्तानसँगको व्यापार ठप्प हुँदा अझ गम्भीर हुने चिन्ता उत्पन्न भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सीमा नाका ठप्प हुँदा मूल्यवृद्धि, अभाव र उत्पादन क्षेत्रमा व्यवाधान उत्पन्न भएको छ । ढनका अनुसार अफगानिस्तानबाट आयात हुने कोइलाको आपूर्ति ठप्प हुँदा विशेषगरी पाकिस्तानको सिमेन्ट उद्योगमा नकारात्मक प्रभाव परेको छ ।

यसबाट उत्तरी पाकिस्तानमा रहेका कतिपय सिमेन्ट उद्योग ठप्प भएका छन् । कतिपय उद्योगले चाहिँ दक्षिण अफ्रिका, इण्डोनेशिया, मोजाम्बिकजस्ता मुलुकबाट आयात हुने महङ्गो कोइलाको भरमा कारखाना सञ्चालन गरिरहेका छन् ।

त्यसबाहेक अफगान बजारमा निर्भर पाकिस्तानको औषधि उद्योग पनि मारमा परेको छ । पाकिस्तानको औषधि उत्पादक संघका अध्यक्ष कैसर वहिदका अनुसार पाकिस्तानले अफगानिस्तानतर्फ हरेक वर्ष १८ करोड ७० लाख डलर बराबरको औषधि निर्यात गर्दै आएको छ । अहिले नाका बन्द हुँदा अफगानिस्तान निर्यातका लागि तयार पारिएको ठूलो परिमाणको सामान गोदाममै राखिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ४५ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना