चिनियाँ मानव अधिकार उल्लङ्घनका घटनाबारे विश्व चुप बसेको डब्लूयूसीको आरोप « Khabarhub

चिनियाँ मानव अधिकार उल्लङ्घनका घटनाबारे विश्व चुप बसेको डब्लूयूसीको आरोप


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व उइग्युर कंग्रेस डब्लूयूसीले चीनले गर्दै आएको मानव अधिकार उल्लङ्घनका घटनाबारे विश्व समुदायले कुनै आवाज नउठाएकोमा चिन्ता व्यक्त गरेको छ । डब्लूयूसीले साप्ताहिक बिफ्रिङ जारी गर्दै चीनले विश्व हरित ऊर्जाको क्षेत्रमा आफूलाई अगुवाका रुपमा परिचित गराएपनि मानव अधिकार उल्लङ्घनका घटनाबारे विश्व समुदाय चुप बसेको जनाएको हो ।

हालै आयोजित कोप ३० जलवायु सम्मेलनमा पनि चीनले कुनै किसिमको प्रश्नको सामना नगरेको डब्लूयूसीले उल्लेख गरेको छ । हरित ऊर्जाको क्षेत्रमा आफ्नो प्रभावलाई सुदृढ बनाउन चीनले बधुँवा मजदुरको प्रयोग र पर्यावरण विनाशलाई जारी नै राखेको डब्लूयूसीको भनाइ छ ।

चीनले सौर्य ब्याट्रीको उत्पादन र विकासका लागि पूर्वी तुर्केस्तान भनिने सिन्जियाङ क्षेत्रमा बधुँवा मजदुरको प्रयोग गरेको र तिब्बतमा पर्यवरणीय विनाश निम्त्याएको डब्लूयूसीको आरोप छ ।

क्यानाडामा आयोजित हेलिफ्याक्स अन्तर्राष्ट्रिय सुरक्षा मञ्चमा डब्लूयूसीका कार्यकारी प्रमुख रुशान अब्बासले उइग्युर नरसंहारको मुद्दा उठाएकी थिइन् । उक्त कार्यक्रममा अमेरिका, क्यानाडा, कोलम्बियाका अधिकारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ३६ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने