तराई तथा उपत्यकामा हुस्सु, उच्च पहाडी भेगमा हिमपात « Khabarhub

तराई तथा उपत्यकामा हुस्सु, उच्च पहाडी भेगमा हिमपात


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र  देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र  कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ३७ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ