माओवादी केन्द्रीय समिति बैठकमा आज सदस्यहरुले धारणा राख्ने « Khabarhub

माओवादी केन्द्रीय समिति बैठकमा आज सदस्यहरुले धारणा राख्ने


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोबाट काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ ।

बैठकको पहिलो दिन आइतबार अध्यक्ष ष्ुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

उनले प्रतिवेदनमा बृहत् वामपन्थी एकतलाई प्राथामिकता दिने योजना ल्याएका छन् ।

प्रचण्डले आगामी फागुन १ गतेदेखि एक महिना तराई–मधेश जागरण अभियान चलाउने बताएका छन् । उनले हुलाकी राजमार्गलाई आधारित बनाएर अर्को एक महिने अभियान चलाउन प्रस्ताव पनि गरेका छन् ।

प्रचण्डले सम्बोधनका क्रममा माओवादी केन्द्रीय समितिको आकार ठूलो भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ७ : ३२ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी