इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टरले लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको हो । म्यानचेस्टरका लिजान्द्रो मार्टिनेज र अमाड डाइलोल तथा लिभरपुलका लागि कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरेका थिए ।

मार्टिनेजले खेलको ५२औँ मिनेटमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा कोडीले लिभरपुलका लागि गोल गरेका हुन् ।

यस्तै, ७०औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि म्यानचेस्टरका डाइलोलले गोल गरे पछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै लिभरपुर १९ खेलबाट ४६ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ । म्यानचेस्टर युनाइटेड २० खेलबाट २३ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको