इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टरले लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको हो । म्यानचेस्टरका लिजान्द्रो मार्टिनेज र अमाड डाइलोल तथा लिभरपुलका लागि कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरेका थिए ।

मार्टिनेजले खेलको ५२औँ मिनेटमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा कोडीले लिभरपुलका लागि गोल गरेका हुन् ।

यस्तै, ७०औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि म्यानचेस्टरका डाइलोलले गोल गरे पछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै लिभरपुर १९ खेलबाट ४६ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ । म्यानचेस्टर युनाइटेड २० खेलबाट २३ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : १७ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ