जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै « Khabarhub

जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय ट्रफी मेन्स एलिट कपमा सोमबार दोस्रो दिनका खेल हुँदैछन्। वीरगञ्ज र जनकपुरमा आइतबार सुरु भएको कपमा सोमबार दोस्रो दिनका खेल हुँदैछन् । वीरगन्जमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

आइतबार नारायणी क्रिकेट ग्राउन्डमा भएको खेलमा सात विकेट गुमाएर १०३ रन बनाएको अवस्थामा पुलिसले खेल सुरुवात गर्नेछ । हिजोको खेलमा ललित राजवंशीले सात विकेट लिएपछि पुलिसले आर्मीलाई पहिलो इनिङसमा १२१ रनमै अल आउट गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसकोसमेत ब्याटिङ चल्न सकेन। ओपनर कुशल भुर्तेल र अर्जुन साउद शून्यमै आउट भए । आर्मीविरुद्ध अग्रता लिन पुलिस १८ रनले पछाडि छ। गुल्सन झा ३४ र प्रेम तामाङ एक रन बनाएर क्रिजमा छन् । खेलको सुरुवात यहीबाट हुनेछ ।

यता जनकपुरधाममा जारी अर्को प्रतिस्पर्धामा मधेश प्रदेश र बागमती प्रदेश भिडिरहेका छन् । बागमतीले आजको खेलको सुरुवात दुई विकेटको क्षतिमा ३४ रन बनाएको अवस्थाबाट गर्नेछ । उसका लागि इशान पाण्डे नौ र शुभ कंसकार २२ रनमा क्रिजमा छन्। पहिलो इनिङ्समा मधेशले बागमतीलाई १०२ रनमा समेटेको थियो ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । पहिलो दिन हिजो दुवै खेलमा ब्याटरले धैर्य गर्न नसक्दा कुल २९ विकेट खसेको थियो । आजका दुवै खेल बिहान ९ बजे सुरु हुँदैछन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : ५० बजे

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको