जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै « Khabarhub

जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय ट्रफी मेन्स एलिट कपमा सोमबार दोस्रो दिनका खेल हुँदैछन्। वीरगञ्ज र जनकपुरमा आइतबार सुरु भएको कपमा सोमबार दोस्रो दिनका खेल हुँदैछन् । वीरगन्जमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

आइतबार नारायणी क्रिकेट ग्राउन्डमा भएको खेलमा सात विकेट गुमाएर १०३ रन बनाएको अवस्थामा पुलिसले खेल सुरुवात गर्नेछ । हिजोको खेलमा ललित राजवंशीले सात विकेट लिएपछि पुलिसले आर्मीलाई पहिलो इनिङसमा १२१ रनमै अल आउट गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसकोसमेत ब्याटिङ चल्न सकेन। ओपनर कुशल भुर्तेल र अर्जुन साउद शून्यमै आउट भए । आर्मीविरुद्ध अग्रता लिन पुलिस १८ रनले पछाडि छ। गुल्सन झा ३४ र प्रेम तामाङ एक रन बनाएर क्रिजमा छन् । खेलको सुरुवात यहीबाट हुनेछ ।

यता जनकपुरधाममा जारी अर्को प्रतिस्पर्धामा मधेश प्रदेश र बागमती प्रदेश भिडिरहेका छन् । बागमतीले आजको खेलको सुरुवात दुई विकेटको क्षतिमा ३४ रन बनाएको अवस्थाबाट गर्नेछ । उसका लागि इशान पाण्डे नौ र शुभ कंसकार २२ रनमा क्रिजमा छन्। पहिलो इनिङ्समा मधेशले बागमतीलाई १०२ रनमा समेटेको थियो ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । पहिलो दिन हिजो दुवै खेलमा ब्याटरले धैर्य गर्न नसक्दा कुल २९ विकेट खसेको थियो । आजका दुवै खेल बिहान ९ बजे सुरु हुँदैछन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : ५० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको