व्यक्तिको आवश्यकताले पार्टी जन्माउने होइन | Khabarhub Khabarhub

व्यक्तिको आवश्यकताले पार्टी जन्माउने होइन

पुराना दल राज्य दोहनका हतियार भए


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जीवनको ऊर्जाशील समय व्यतीत गरेको पार्टीमा आफ्नो उपयोगिता सकिएपछि फेरि विद्यमान नेतृत्व, सरकारप्रति असन्तुष्टि जनाउँदै पार्टी या शुद्धिकरण अभियानको स्वघोषणा कति औचित्यपूर्ण हुन्छ ? एमालेबाट रिङ आउट भएपछि यसअघि बामदेवले थालेको अभियान, नेतृत्वका लागि भएको चुनावमा पराजित भएपछि कमल थापाले खोलेको राप्रपा नेपाल, डा. बाबुराम भट्टराई नेतृत्वको जनशक्ति पार्टी समेत यतिखेर न हाँस, न बकुल्लाको चालमा देखिन्छन्। यस पृष्ठभूमिमा एमालेले पार्टीबाट निकालेपछि सुशासनको नारा दिएर भीम रावलले अघि बढाएको वैकल्पिक राजनीतिक शक्ति कति प्रभावकारी होला ? यसअघिका अभियान किन निष्प्रभावी भए ? यिनै विषयमा जोडिएर राजनीतिक विश्लेषक मुमाराम खनालले कृष्ण तिमल्सिनासँग राखेको धारणाको सम्पादित अंश :

पार्टीबाट निकालिएपछि म नयाँ दल खोल्छु । म कम्युनिस्ट पनि होइन, कांग्रेस पनि होइन। म नयाँ खालको राजनीति शक्तिको नेतृत्व गर्छु भनेर भीम रावल आइराख्नुभएको छ। यो दृश्यलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
नेपालमा राजनीति गर्नु भनेको एकदमै नमरुन्जेलसम्म त्यो पदमा टाँसिरहने भन्ने अर्थमा नेताहरूले लिए। त्यसकारणले गर्दा ६० वर्ष कटेका नेताहरूको पछिल्लो चरणमा चाहिँ निकै ठूलो प्रतिस्पर्धा हुने र त्यो राजनीति बाहेक उसले जानेको पनि केही हुँदैन । त्यसैले अन्तिममा उ त्यही पार्टीमा रहन संघर्ष गर्ने र अर्को चाहिँ एउटा पंक्तिले अर्को पंक्तिलाई कुनै पनि अवसरबाट वञ्चित गर्ने प्रवृत्ति हावी छ। राज्य दोहनका लागि हतियार मात्रै भए नेपालमा पुराना पार्टीहरू। त्यो सन्दर्भमा पार्टी असाध्यै व्यक्तिवादी छन्। पार्टी नेतृत्वहरू तानासाही पनि छन्। अधिनायकवादी शैलीबाट पार्टी चलाउँछन्। अर्को कुनै नेताले स्थान चाहने हो भने त्यहाँ आफ्नै पार्टी खोल्नु पर्ने हुन्छ।

नेपालमा वामपन्थी जनमत ठूलो छ। तर त्यो जनमतलाई यति धेरै आफ्नै पार्टीका नेताहरूको व्यवस्थापन समस्याले गर्दा अहिले नै पनि ठूला साना गरेर झन्डै दुई दर्जन वामपन्थी पार्टी आफूलाई एजेण्डागत हिसाबमा वामपन्थी भन्छन्। तर उनीहरू वामपन्थी देखिँदैनन्। तर उनीहरूको सङ्गठनात्मक शैली, सोच र बेलाबखतमा दाबी गरिरहने दर्शन भने कम्युनिस्ट दर्शनबाट प्रभावित छन्।

पार्टी असाध्यै व्यक्तिवादी छन्। पार्टी नेतृत्वहरू तानासाही पनि छन्। अधिनायकवादी शैलीबाट पार्टी चलाउँछन्। अर्को कुनै नेताले स्थान चाहने हो भने त्यहाँ आफ्नै पार्टी खोल्नु पर्ने हुन्छ।

ती पार्टी वास्तवमा उनीहरूको जुन सङ्गठनात्मक शैली हो, त्यो सङ्गठनात्मक शैली निकै साँगुरो र व्यक्तिवादी छ। त्यो एक मनावादी छ। एउटा मान्छेलाई सम्पूर्ण रूपले पार्टी सुम्पिदिने र त्यसको एकल निर्णयमा पार्टी चल्ने त्यस्ता पार्टी हुन् कम्युनिस्ट पार्टी। त्यसले गर्दा अर्को मान्छेले त्यहाँ भूमिका खोज्यो भने त्यो पार्टीबाट निस्किनुपर्ने हुन्छ। निस्केपछि के गर्ने त ? अब उसले केही गर्न सक्दैन अनि केही मान्छे जम्मा गर्ने पार्टी खोल्ने हो।

आज हेर्दा ८/१० जनाका एक्लैका पनि पार्टी छन्। ती कम्युनिस्ट पार्टी भन्छन्। भीम रावलजीको सन्दर्भमा मलाई थाहा छैन तर उहाँले वकालत गर्दै आउनुभएको कम्युनिस्ट पनि होइन, कांग्रेस पनि होइन, त्यस्तो एउटा नयाँ दल खोल्ने हो भने उहाँको राष्ट्रवादी धार पनि जसरी एउटा राजावादी र राष्ट्रवादी धार त राप्रपाको छँदैछ। उहाँले बीचमा त्यस्ता खालका पार्टीहरू त्यो राष्ट्रवादी कस्तो हो ? उहाँको राष्ट्रवाद हेर्दा पनि अन्ध राष्ट्रवाद देखिन्छ।

त्यस्तो खालको पार्टी बनाउनु हुन्छ भने उहाँको चरित्र र गर्दै आउनु भएको कुराहरू हेर्दा त्यही धारको वकालत गरेर पार्टी बनाउनु पनि सक्नु होला। किनकि नेपालमा पार्टी बनाउन त धेरै सजिलो छ।

पुरानो धार भुत्ते भयो भनेर निस्किने अनि दुई चार घुम्ती पार गरेपछि ठक्कर खाइसकेपछि मिसिने प्रवृत्ति नयाँ होइन। डा. रावलले लिन खोजेको जोखिममा प्रतिशोधको मात्रा बढी छ कि आवश्यकताको ?
२०५० साल यता पार्टीहरूका चरित्रमा खासै केही भिन्नता छैन। न नेताका चरित्रमा नै कुनै भिन्नता छ। त्यहाँभित्र मात्रै व्यवस्थापनको समस्या हो। आफूलाई व्यवस्थापन राम्रो ग-यो भने पार्टी फर्किन्छन् । माओवादीका टुक्राटुक्री हेर्ने हो भने पुष्पकमल दाहालको एकल निर्णयले आफ्नो परिवारवाद आफ्ना मान्छेहरूले मात्रै स्थान पाए। स्थान नपाएका फुट्ने टुट्ने भएर र फेरि स्थान दिएपछि ती फर्केर त्यही आउँछन्।

अब कतिपयले त हिंसामा पनि जाने र अपराध पनि गरे। त्यो अपराध गरेर पनि अहिले त्यही जान लालायित छन्। एमालेमा पनि जुन बेला त्यो स्थानको समस्या हुन्छ, त्यो बेलामा पार्टी फुट्ने र फर्किने चलिआएको छ। ओलीको अलिकति चरित्र धेरै नै अनुदार भएको हुनाले त्यहाँ भित्र अलिकति जति स्पेस पहिला थियो, एमाले भित्र एउटा समन्वय गर्ने ठूलो पंक्ति थियो, जसले शीर्ष नेताको बीचमा धेरै कुराको समन्वय गर्थ्यो, राजनीतिक विचारधारामा बहस चलाउँथ्यो। जसले गर्दा त्यो असन्तुष्टिलाई विचार दिने संस्था जस्तो थियो। घनश्याम भुसाल, रामकुमारी झाँक्रीले यसको नेतृत्व गरे लामो समयसम्म।

त्यसले एमालेमा वैचारिक बहस कायम नै छ भन्ने सन्देश दिएको थियो। शीर्ष नेताको बीचमा भएकोले दुवै नेतालाई सन्तुलनमा ल्याउन भूमिका पनि खेल्थ्यो। तर त्यसलाई ओलीले लखेटेर पार्टी फुट्यो। एमालेमा रहेका र बाहिर रहेका पनि सन्तुष्ट छैनन्। पार्टीलाई व्यवस्थापन गर्ने र त्यो सङ्गठनात्मक शैलीलाई ठीक ढङ्गले मिलाएर लानेमा ओलीजीको असाध्यै बढी ईष्र्या, असाध्यै बढी व्यक्तिवादी र अनुदार भएकोले पार्टीमा छिन्नभिन्नको स्थिति आएको हो। त्यहाँ कुनै वैचारिक मतभेद भएर हैन, यो प्रवृत्तिका नेताको कारणले यो अवस्थामा पुगेका छन्। वैचारिक मतभेदहरू केही पनि छैन।

एकातिर एमालेभित्र मानमर्दनको श्रृंखला छ भने अर्कातिर महासचिव शंकर पोखरेल, विद्या भण्डारी, पूर्वमाओवादीको धार देखिन्छ। यस्तो अवस्थामा ०८४ मा एमालेले पाउने नतिजा कस्तो होला ?
ओलीले एमालेलाई धेरै कमजोर बनाउँदै लग्नुभएको छ। पार्टीको चरित्र के हुन्छ भने एकथरिलाई धपाएपछि पार्टीमा अर्को चरित्र आउँदैन भन्ने होइन। बङ्गलादेशमा एउटा वामपन्थी पार्टी थियो। हामी विद्यार्थी हुँदा त्यो फुट्दै गयो। दुईजना मात्र बाँकी भएपछि उहाँहरूले विघटन गरिदिनु भयो। त्यस्तो हुँदा पनि वामपन्थी पार्टीहरू बिना अर्थ र काममा चलिरहन्छन्।

अब कतिपयले त हिंसामा पनि जाने र अपराध पनि गरे। त्यो अपराध गरेर पनि अहिले त्यही जान लालायित छन्। एमालेमा पनि जुन बेला त्यो स्थानको समस्या हुन्छ, त्यो बेलामा पार्टी फुट्ने र फर्किने चलिआएको छ।

त्यसैले पार्टीमा एउटा गइसकेपछि अर्कोले विचार राख्छ, त्यसलाई शत्रु देख्छ। त्यो जान्छ अर्कोले विचार राख्छ त्यसलाई पनि शत्रु देख्छ। त्यसो गर्दा गर्दा आफू एक्लै देख्छ र पनि मेरो शत्रु मै हुँ कि भन्ने डरले बस्नु पर्ने हुन्छ। त्यसैले कम्युनिस्टको यस्तो व्यक्तिवादी उनीहरूले फेरि आफूलाई द्वन्द्ववादी भन्छन्। द्वन्द्व नहुने हो भने त कुनै पनि चिजको अस्तित्व नै रहँदैन।

हरेक चिजहरू एक अर्काको विपरित तत्वहरूबाट एकत्वमा उठेका हुन्छन् । नत्र नेगेटिभ मात्र हुनुको अर्थ छैन। सकारात्मक भएपछि मात्रै त्यसको अर्थ हुने हो। जहाँ पनि निषेधको राजनीति छ वामपन्थीको, यसले काहीँ पु-याएको छैन। उनीहरुको व्यक्तिगत तहमा भएको तिक्तता नै त्यही हो।

त्यो खालको राजनीतिक चरित्रबाट वामपन्थीले कहिले पनि पाठ सिकेनन्। नेपालको ७० वर्ष ७५ वर्षको इतिहास हेर्ने हो भने वामपन्थीहरूको टुटफुट विभाजन विघटनको इतिहास नै हो। त्यसमा चौथो महाधिवेशनको एउटा धार आएर तत्कालीन झापा आन्दोलन हुँदै कोलिनेसन केन्द्र हुँदै माले हुँदै एमाले हुँदै आएर बलिया देखिएका मात्रै हुन्। थुप्रो खालका कम्युनिस्ट घटकहरू टुटफुट विभाजनको एउटा अनन्त शृङ्खला बनाउँदै आएका छन्।

नयाँ वैचारिक अभियानका नाममा भएका कुनै प्रयास सार्थक देखिएनन। अभियानको नेतृत्व लिने सपना देखिइरहँदा विगतको समीक्षा पनि जरुरी हैन र ?
एक थान पार्टी जोड्नुलाई विकल्प भनेकै हैन। विकल्प भनेको नेपाल सन्दर्भमा अत्यन्तै जडवत भएका पार्टीहरूको राजनीतिक एजेण्डाको विकल्प, राजनीतिक संरचनाको विकल्प, राजनीतिक नेतृत्व निर्माण कसरी हुन्छ र त्यसको लोकतान्त्रिक प्रक्रिया कसरी पार्टीभित्र असाध्यै चलायमान र गतिशील बनाउने भन्ने विकल्प हो। अर्को कुरा नेपालको समृद्धि र नागरिकको स्वाभिमानको विकल्पबाट विकल्प खोजेको हो।

यहाँ धेरैले विकल्प भनेको एउटा मान्छे, एउटा मान्छेलाई पार्टी चाहियो किनभने ऊ कि त पहिला क्रियाशील पार्टीबाट बेरोजगार भो या त कुनै मान्छेलाई म यति लोकप्रिय भएँ कि एउटा पार्टी खोले पनि चल्छ। यसबाट विकल्प खोज्नेले राजनीतिको विकल्पलाई यति धमिल्याइदिए कि अब त्यो विकल्पको कुरा गर्दा त्यसप्रति वितृष्णा हुन थाल्यो।

हिजो नयाँ नेपाल भन्ने प्रति ठूलो वितृष्णा पैदा भयो। समृद्धि भन्ने त अर्थ नै गुम्यो। समृद्धि त भ्रष्ट्राचारमा परिणत भयो। विकल्प भनेको समाजको आवश्यकताले पार्टी चाहिने हो। व्यक्तिको आवश्यकताले पार्टी जन्माउने हैन। त्यहाँ त के छ भने एउटा मान्छेलाई पार्टी चाहियो, उसले नजिकका जोडजाड ग-यो। आफ्ना फिल्डका केही मान्छेहरू जम्मा ग-यो, पार्टी घोषणा ग-यो। काठमाडौंबाट दौडायो। तर उसको साइजभन्दा ठूलो मान्छे त्यहाँ आउन सक्दैन।

अहिले जसरी पार्टी चलाइरहेका छन् , त्यसैगरी चलाउने हो भने त अर्को थप बोझ किन चाहियो र ?

नेपालको सन्दर्भमा विकल्पको कुरा गर्दा राजनीतिक एजेन्डा, नेतृत्व र संरचनाको एकाकार रूपमा विकल्प चाहिएको हो। त्यो चरित्रसहितको पार्टी अहिलेका पार्टी भन्दा भिन्न विशेषता एजेन्डा भएको र नेता पनि उदार र जुनसुकै बेला फेरिँदा पार्टीको चरित्र नफेरिने नेपालको समृद्धि र नागरिकको स्वाभिमानलाई सम्बोधन गर्ने वैकल्पिक पार्टी चाहिएको हो।

यस्ता पार्टी बनाउन प्रयत्नहरू नभएका होइनन् नेपालमा। चाहे त्यो बाबुरामको पार्टी होला। उहाँ आफ्नो पार्टीभित्र धेरै लखेटिनु भयो। म त्यहाँ अध्यक्ष बन्न सक्दिन भन्ने लागेर त्यो स्वाभाविक पनि हो आफ्नो क्षमता छ भने म अध्यक्ष बन्न पाउनु पर्छ। तर त्यो पार्टीमा चुनाव हुँदैन। प्रचण्ड आफ्नो सेखपछि छोराछोरीलाई पार्टी जिम्मा दिएर मात्र छुट्टी लिनेवाला छन्।

त्यो ठानेपछि उहाँले पनि आफ्नै नेतृत्वमा पार्टी बनाउनु भयो। त्यो पनि सबै माओवादी लिएर आउनुभयो। जुन माओवादीहरू बाबुराम प्रधानमन्त्री हुन्छ र लुट्न पाइन्छ भनेर आएका थिए। ती सबै पछि बाबुराम प्रधानमन्त्री हुने त हैन रहेछ भनेर प्रचण्डकोमा फर्किए।

रवीन्द्र मिश्रलगायत हामीले पनि अर्को प्रयत्न गरेका हौँ। विवेकशील नेपालले पार्टी निर्माण गर्न खोज्दै थियो त्यो पनि काठमाडौं रत्नपार्क वरिपरि। त्यसो गर्दा त नेपालको पार्टी बन्दैन। त्यसलाई पछि उहाँहरूले पार्टी बनाइदिनु भयो। पछि विवेकशील साझा बनिसकेपछि बल्ल पार्टी निर्माणमा गम्भीर बहस सुरु भएको थियो। सुरु हुने बित्तिकै पार्टी अराजनीतिक चरित्रमा पुगिहाल्यो।

रवीन्द्र मिश्रलगायत हामीले पनि अर्को प्रयत्न गरेका हौँ। विवेकशील नेपालले पार्टी निर्माण गर्न खोज्दै थियो त्यो पनि काठमाडौं रत्नपार्क वरिपरि। त्यसो गर्दा त नेपालको पार्टी बन्दैन।

तर यसले केही आधार फराकिलो बनाउँदै लग्यो, त्यसैको जगमा रविहरू आए। केही रूपमा सफल भयो तर त्यो यी दुई भन्दा पनि असफल भयो भन्छु भ त। रविलाई पार्टी चाहियो। उनका वरिपरिका मान्छे जम्मा पारे र पार्टी खोले। त्यसले केही काम ग-यो त्यो व्यक्तिका लागि सफलता हो। गृहमन्त्रीसम्म भए। तर एउटा सभापतिको वरिपरि जुन ढंगले पार्टीका हरेक क्रियाकलापहरू उसैको पछाडि दौडदैँ फुर्सद छैन। पार्टीलाई त कहिले पासर्पोट, कहिले नागरिकता, कहिले सहकारी। यी चिजले गर्दा जसको आधारमा त्यो पार्टी बन्यो त्यो आफैंमा धेरै ठूलो हुन्डरीमा फसिरहेको छ।

अत्यन्तै व्यक्तिवादी र मनोनीतिक पार्टी नै छ किनकि रवि लामिछाने भन्दा पृथक् अर्को मान्छेले चलाउन पनि सक्दैन। त्यो पार्टीले आकार पनि ग्रहण गर्दैन।

कालान्तरमा त्यो पार्टीले प्रतिपक्षमा बसेर जनताका आवाजहरू उठाउँदै गएको भए त्यो पार्टीको आकार, त्यसका विवादहरू पनि धेरै कम हुन्थे। त्यो व्यवस्थापन गर्न सकिने तहमा थियो। अब त त्यो व्यवस्थापन गर्न सकिने ठाउँमा नै छैन।

एकातिर अहिलेको संविधान, शासनदेखि निर्वाचन प्रणालीप्रति असहमति जनाउने धार र अर्को तर्फ मुलुकको सर्वेसर्वा आफूलाई ठान्नेबीचको अन्र्तद्वन्द्व बढ्दा मुलुक राजनीतिक विकल्पको संघारमा पुगेको त हैन ?
संविधान गतिशील हुन्छ। जसरी हामीले ५/५ वर्षमा निर्वाचन गर्छौं, कयौँ देशले चार चार वर्ष, तीन तीन वर्षमा पनि गर्छन्। त्यो भनेको नयाँ जुन मतदाता थपिन्छ, त्यसको मनोविज्ञान मतदाताले कस्तो उम्मेदवार चाहन्छ भनेजस्तै संविधानमा पनि १०/१० वर्षमा सानातिना कुराहरू त परिवर्तन भइरहन्छन्। तर त्यसको आधारभूत चरित्र पनि फेरिएको छ भने १० वर्षमा संशोधन गर्ने मान्यता छ। त्यो भनेको संविधानको जडता, समाजको गतिशीलतासँग तादात्म्य राख्ने कुरा हो।

संविधान संशोधनको कुरा त एकदमै डेमोक्रेटिक कुरा हो। यसलाई संविधान संशोधन गर्नु भनेको संविधानमा भएको प्रावधानहरूलाई हामीले अगाडि बढाउनको लागि हो। तर अधिकांश मानिसहरू आफूलाई चाहिएको बेलामा गर्ने नचाहेको कुरा संशोधन नगर्ने त्यो भनेको त झन् जडतामा फस्ने कुरा हो। संशोधनको कुरालाई हामीले समाजको गतिशीलतासँग बुझ्ने हो। कुनै नेताको आवश्यकता अथवा कुनै पार्टीको सोचसँग संविधानलाई संशोधन गर्ने होइन।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ९ : ३२ बजे

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने

चिसो बढेपछि विद्यालय बन्द

रौतहट – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

सोलुखुम्बु – आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ