आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट « Khabarhub

आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिनको सुरुवातमा बलर नै हाबी देखिएका छन्। सोमबार त्रिभुवन आर्मीका साहब आलमले ८ विकेट पूरा गरेका छन्। नेपाल पुलिसविरुद्ध आक्रामक बलिङ गरेका साहबले आइतबार पाँच विकेट लिएका थिए। सोमबार थप व्यक्तिगत तीन विकेट लिँदै आठ विकेट पूरा गरेका हुन्।

पहिलो दिनको खेल सकिँदा १०३ रन बनाएको पुलिस ३३.१ ओभरमा १२५ रन बनाएर अलआउट भएको छ। आज पुलिसविरुद्ध १५.१ ओभर बलिङ गरेका उनले ५९ रन दिएर आठ विकेट हात पारेका हुन्।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार सुरु भएको खेलको पहिलो दिन सकिँदा नेपाल पुलिसले २४ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। आजको खेल त्यहीबाट सुरु भएको हो।

पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४७ रन बनाए। उनी अर्धशतक बनाउन तीन रनले चुके। अमित श्रेष्ठले १८, राशिद खानले १६, शङ्कर राणाले १३ र दिलिप नाथले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आर्मीका लागि सोमपाल कामी र पवन कार्कीले १/१ विकेट लिए।

पहिलो इनिङ्समा आर्मी ३४.४ ओभरमा १२१ रनमा अलआउट भएको थियो। पुलिसले दोस्रो दिनको खेलको सुरुमै चार रनको अग्रता बढाएको छ।

यसअघि आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१ रन बनाए। बसिर अहमदले १२ र साहब आलमले ११ रन बनाएका थिए।

पुलिसका लागि ललित राजवंशीले ७ विकेट लिएका छन्। उनले १४.४ ओभरमा ४७ रन खर्चेर ७ विकेट लिएका हुन। सो क्रममा उनले चार ओभर मेडन राखेका थिए।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १० : ०१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको