आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट « Khabarhub

आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिनको सुरुवातमा बलर नै हाबी देखिएका छन्। सोमबार त्रिभुवन आर्मीका साहब आलमले ८ विकेट पूरा गरेका छन्। नेपाल पुलिसविरुद्ध आक्रामक बलिङ गरेका साहबले आइतबार पाँच विकेट लिएका थिए। सोमबार थप व्यक्तिगत तीन विकेट लिँदै आठ विकेट पूरा गरेका हुन्।

पहिलो दिनको खेल सकिँदा १०३ रन बनाएको पुलिस ३३.१ ओभरमा १२५ रन बनाएर अलआउट भएको छ। आज पुलिसविरुद्ध १५.१ ओभर बलिङ गरेका उनले ५९ रन दिएर आठ विकेट हात पारेका हुन्।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार सुरु भएको खेलको पहिलो दिन सकिँदा नेपाल पुलिसले २४ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। आजको खेल त्यहीबाट सुरु भएको हो।

पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४७ रन बनाए। उनी अर्धशतक बनाउन तीन रनले चुके। अमित श्रेष्ठले १८, राशिद खानले १६, शङ्कर राणाले १३ र दिलिप नाथले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आर्मीका लागि सोमपाल कामी र पवन कार्कीले १/१ विकेट लिए।

पहिलो इनिङ्समा आर्मी ३४.४ ओभरमा १२१ रनमा अलआउट भएको थियो। पुलिसले दोस्रो दिनको खेलको सुरुमै चार रनको अग्रता बढाएको छ।

यसअघि आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१ रन बनाए। बसिर अहमदले १२ र साहब आलमले ११ रन बनाएका थिए।

पुलिसका लागि ललित राजवंशीले ७ विकेट लिएका छन्। उनले १४.४ ओभरमा ४७ रन खर्चेर ७ विकेट लिएका हुन। सो क्रममा उनले चार ओभर मेडन राखेका थिए।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १० : ०१ बजे

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच