आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट | Khabarhub Khabarhub

आर्मीका आलमले आठ विकेट लिँदा पुलिस १२५ रनमा अलआउट


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिनको सुरुवातमा बलर नै हाबी देखिएका छन्। सोमबार त्रिभुवन आर्मीका साहब आलमले ८ विकेट पूरा गरेका छन्। नेपाल पुलिसविरुद्ध आक्रामक बलिङ गरेका साहबले आइतबार पाँच विकेट लिएका थिए। सोमबार थप व्यक्तिगत तीन विकेट लिँदै आठ विकेट पूरा गरेका हुन्।

पहिलो दिनको खेल सकिँदा १०३ रन बनाएको पुलिस ३३.१ ओभरमा १२५ रन बनाएर अलआउट भएको छ। आज पुलिसविरुद्ध १५.१ ओभर बलिङ गरेका उनले ५९ रन दिएर आठ विकेट हात पारेका हुन्।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार सुरु भएको खेलको पहिलो दिन सकिँदा नेपाल पुलिसले २४ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। आजको खेल त्यहीबाट सुरु भएको हो।

पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४७ रन बनाए। उनी अर्धशतक बनाउन तीन रनले चुके। अमित श्रेष्ठले १८, राशिद खानले १६, शङ्कर राणाले १३ र दिलिप नाथले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आर्मीका लागि सोमपाल कामी र पवन कार्कीले १/१ विकेट लिए।

पहिलो इनिङ्समा आर्मी ३४.४ ओभरमा १२१ रनमा अलआउट भएको थियो। पुलिसले दोस्रो दिनको खेलको सुरुमै चार रनको अग्रता बढाएको छ।

यसअघि आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१ रन बनाए। बसिर अहमदले १२ र साहब आलमले ११ रन बनाएका थिए।

पुलिसका लागि ललित राजवंशीले ७ विकेट लिएका छन्। उनले १४.४ ओभरमा ४७ रन खर्चेर ७ विकेट लिएका हुन। सो क्रममा उनले चार ओभर मेडन राखेका थिए।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १० : ०१ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका