रुसमा युक्रेनी प्रत्याक्रमण, १५ किलोमिटर भित्रसम्म असर « Khabarhub

रुसमा युक्रेनी प्रत्याक्रमण, १५ किलोमिटर भित्रसम्म असर


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

किएभ- रुसको दक्षिणी सीमास्थित र्कस्क क्षेत्रमा युक्रेनले प्रत्याक्रमण सुरु गरेको छ । रुस जे कुराका लागि हकदार भएको त्यो पाउने चेतावनी समेत युक्रेनी अधिकारीले दिएका छन् । युक्रेनी अधिकारी आन्द्रे कालभलेल्कोले युक्रेनले र्कस्क क्षेत्रमा अप्रत्याशित आक्रमण गरेको जानकारी दिएका हुन् ।

युक्रेनी राष्ट्रपति कार्यालयमा आन्द्रे भर्माकले पनि सामाजिक सञ्जालमा यो कुरा उल्लेख गरेका छन् । रुसी समाचार संस्था तासका अनुसार सीमाबाट १५ किलोमिटर भित्रसम्म युक्रेनी आक्रमणको असर परेको छ ।

रुसको उत्तरी भागमा सक्रिय सैन्य शक्तिका अनुसार अहिले त्यहाँ युक्रेनी सैन्य ट्याङ्कको गतिविधि बढिरहेको छ । यसको सामना गर्न रुसका सेना अघि बढिरहेका छन् ।

र्कस्क क्षेत्र दोस्रो युद्ध यता रुसमाथि जमिनी आक्रमण भएको पहिलो स्थान हो । रुस-युक्रेन युद्ध सुरु भएयता अन्य स्थानमा रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । यस्तो समयमा पनि उक्त क्षेत्रमा युक्रेनी सेनाले रुसी सेनालाई पछि धकेलेको थियो ।

एक अनौपचारिक ब्लगमा उल्लेख भएअनुसार युक्रेनी सेना बर्डिनबाट उत्तरतर्फ गइरहेको छ । अर्को एक ब्लग अनुसार युक्रेनीहरू सुध्जामा पुगेका छन् ।

उनीहरूले प्यारा सुटबाट हाम फालेका छन् । युक्रेनी सेनाले ‘माइन ट्रायकलिङ ’ उपकरणका साथै ट्याङ्क र अन्य सैन्य सवारी सधानको उपयोग गरेको जनाइएको छ ।

अहिले र्कस्कमा ११ हजार उत्तर कोरियाली रहेको जनाइएको छ । साथमा रुसले पनि त्यहाँ युक्रेनी सेनालाई लक्षित गर्दै बमबारी गरेको छ । पूर्वी भागमा भने रुसी सेना डोन्सटकको कुराकोभमा प्रवेश गरेको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने र्कस्कलाई फेरि कब्जामा लिने बताएका छन् । अहिले युक्रेनले जोखिम लिएर रुसी भूमिमा प्रवेश गर्नुको तात्पर्य निकट भविष्यमा युद्धविरामका लागि हुने वार्तामा आफ्नो हात माथि पार्न भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ११ : ५६ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा