इजरायलका ३४ बन्दी रिहा गर्न हमास तयार « Khabarhub

इजरायलका ३४ बन्दी रिहा गर्न हमास तयार


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गाजा – हमास विद्रोही इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको छ।

हमास इजरायलसँगको युद्धविराम सम्झौताको एक भागका रूपमा ३४ बन्दीलाई रिहा गर्न तयार भएको हो ।

प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बविरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाएपछि मध्यपूर्वमा शान्ति फर्किने अनुमान गरिएको छ।

‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी समूहले बन्दीहरूलाई रिहा गर्न बन्दी आदानप्रदान सम्झौताको पहिलो चरणको एक भागको रूपमा अनुमोदन गरेको छ,’ एक हमास अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बन्दीको प्रारम्भिक आदानप्रदानमा गाजामा बन्दी रहेकामध्ये ३४ जना महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीहरू रहने जनाइएको छ।

अब युद्धविराम सम्झौता इजरायलको तर्फबाट स्थायी युद्धविराम र गाजाबाट फिर्ता हुने सबालमा कस्तो धारणा राख्छ, अब कैदी आदान प्रदान त्यही व्यवहारमा निर्भर गर्ने जनाइएको छ।

उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आइतबार हमासले सम्भावित रिहाइका लागि बन्दीहरूको सूची उपलब्ध गराएको बताएको छ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : २६ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज