टेकुमा उपचाररत एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार « Khabarhub

टेकुमा उपचाररत एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

उनको घाउ निको हुँदै गएको अस्पतालका एमपक्स सम्पर्क चिकित्सक डा.शिवेन्द्र झाले बताए । ४४ वर्षीय संक्रमित गत शनिबार साउदी अरबबाट नेपाल आएका थिए । घाउसहित घर प्रवेश गरेका उनी भोलिपल्टै उपचारका लागि अस्पताल पुगेका थिए । परीक्षण गर्दा उनमा एमपक्स संक्रमण पुष्टि भएको थियो । 

चिकित्सकका अनुसार आइसोलेसनमा राखेर उनको उपचार भइरहेको छ । उनलाई थप १० दिनपछि मात्र डिस्चार्ज गर्न मिल्ने डा. झाले बताए ।

सिन्धुली स्थायी घर भई काठमाडौं स्वयम्भुमा डेरा गरी बस्ने उनि अस्पतालका तेस्रा एमपक्स संक्रमित हुन् । दुई साताअघि साउदीबाटै नेपाल आएका साउदीकै ३६ वर्षीय युवा निको भई डिस्चार्ज भइसकेका छन् । 

त्यस्तै गत असारमा ६० वर्षीय विदेशी पर्यटकमा पनि एमपक्स पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको