टेकुमा उपचाररत एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार « Khabarhub

टेकुमा उपचाररत एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

उनको घाउ निको हुँदै गएको अस्पतालका एमपक्स सम्पर्क चिकित्सक डा.शिवेन्द्र झाले बताए । ४४ वर्षीय संक्रमित गत शनिबार साउदी अरबबाट नेपाल आएका थिए । घाउसहित घर प्रवेश गरेका उनी भोलिपल्टै उपचारका लागि अस्पताल पुगेका थिए । परीक्षण गर्दा उनमा एमपक्स संक्रमण पुष्टि भएको थियो । 

चिकित्सकका अनुसार आइसोलेसनमा राखेर उनको उपचार भइरहेको छ । उनलाई थप १० दिनपछि मात्र डिस्चार्ज गर्न मिल्ने डा. झाले बताए ।

सिन्धुली स्थायी घर भई काठमाडौं स्वयम्भुमा डेरा गरी बस्ने उनि अस्पतालका तेस्रा एमपक्स संक्रमित हुन् । दुई साताअघि साउदीबाटै नेपाल आएका साउदीकै ३६ वर्षीय युवा निको भई डिस्चार्ज भइसकेका छन् । 

त्यस्तै गत असारमा ६० वर्षीय विदेशी पर्यटकमा पनि एमपक्स पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : ०७ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक