लेखराजको नगरका ४६ संगठित सदस्यले छाडे एमाले « Khabarhub

लेखराजको नगरका ४६ संगठित सदस्यले छाडे एमाले


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिकाको एकै वडाका ४६ जना संगठित सदस्यहरूले पार्टी परित्याग गरेका छन् । 

भट्टको गृहनगर गोदावरी नगरपालिका–२ का ४६ जना एमालेका संगठित सदस्यहरूले एकै दिन सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् । 

उनीहरूले पुस ११ गते एमालेको नगर कमिटी अध्यक्षलाई हस्ताक्षर र संगठित सदस्यता नम्बरसहित उल्लेख गरेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । 

यसरी राजीनामा दिनेहरू सबै ४६ जना सचिव भट्टसँगै नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेकाहरू हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले उक्त राजीनामा पत्र सोमबार मात्रै सार्वजनिक गरेको छ ।

एमाले परित्याग गर्नेहरूले एमाले भएर बस्दा पनि आफूहरूले पटक–पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व कै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र बस्न नसकिएको निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

‘अहिलेको एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने भए पनि त्यसका विरुद्ध मुख्य नेतृत्व खास गरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौँ,’ एमाले परित्याग गरेका पूर्वमाओवादीहरूको राजीनामा पत्रमा भनिएको छ ।

पार्टी छोड्नेको नामावली

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : ३४ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त