पुष्पा : २ ले तोडयो बलिउडका कयौँ रेकर्ड, आमिर निर्मित दङ्गललाई उछिन्न बाँकी « Khabarhub

पुष्पा : २ ले तोडयो बलिउडका कयौँ रेकर्ड, आमिर निर्मित दङ्गललाई उछिन्न बाँकी


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

मुम्बई- अल्लु अर्जुन अभिनित पुष्पा २ : द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ ।

अल्लु, रश्मिका मन्डन्ना र फहद फासिल अभिनित फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ । यसले भारतभर १२०० करोड बढी कमाएको छ ।

यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर तहल्का मच्चाएको छ । जसका कारण आगामी दिनमा पुष्पाः २ ले आमिर खानको दंगलको २ हजार करोडको कीर्तिमान पार गरेमा इतिहासमा आफ्नो नाम लेखाउने छ, जुन फ्यान र फिल्मको टिमका लागि गर्वको विषय हुनेछ ।

बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांकअनुसार पुष्पाः २ ले ५ औँ आइतबार अर्थात ३२ औँ दिनमा मात्रै ७ करोडको कमाइ गरेको छ ।

त्यसपछि भारतमा पुष्पाः २ को अंक १२०६ करोड पुगेको छ । जसमा फिल्मले तेलुगुमा ३३४.७६ करोड, हिन्दीमा ८०६ करोड, तमिलमा ५८.१६ करोड, कन्नडमा ७.७३ करोड र मलयालममा १४.१५ करोड कमाएको छ । जहाँ विश्वव्यापी संख्या १८२५ करोडमा बढ्दै गएको देखिन्छ ।

पुष्पाः २ ले जवान, पठान, एनिमल, बाहुबली, बाहुबलीः २, केजीएफ, केजीएफः२ जस्ता चलचित्रलाई पछि पार्दै हिन्दी बक्स अफिसमा नम्बर वनको ताज जितेको छ ।

विश्वव्यापी कमाईको मामिलामा अल्लु अर्जुनको फिल्म आमिर खानको दंगलको रेकर्ड तोड्न २०० करोडले पछाडि छ ।

दिनहरू बित्दै गएको बेला पुष्पाः २ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुन तयार छ। फिल्म फेब्रुअरीसम्म ओटीटीमा रिलिज हुने पनि निर्माताले बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  २ : ४० बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु