सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङका किसान « Khabarhub

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै बागलुङका किसान


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविका चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन् । 

उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएपछि उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ । 

गत वर्ष गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारीखेती गर्ने तालिम र अनुदान दिएको थियो । त्यसपछि गाउँमा तरकारीखेती गर्नेको लर्को लाग्न थालेको छ । तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ । पहिले कोदो, मकै, फल्ने बारीमा अहिले लटरम्म गोलभेँडा, बन्दा, काउली र साग उब्जिरहेका छन् । 

गत वर्ष असारमा दिइएको तरकारीखेतीसम्बन्धी तालिमले किसानलाई व्यावसायिक बन्न प्रेरित गरिरहेको छ । तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताए । तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै गएको उनको भनाइ छ ।

‘गाउँ छोड्दै बजार झर्ने धेरै छ, गाउँमा सम्भावना केही छैन भन्छन्, अहिले हामीहरूले यहाँ धेरै सम्भावना देखेका छौँ, हामीहरूसँग सामान्य तरकारीखेती गर्ने सीप पनि रैनछ, त्यही भएर बजार झर्दा रैछौँ,’ उनले भने, ‘अहिले गाउँका अधिकांशले टनेल हालेर तरकारीखेती गर्न थालेका छौँ, धेरै तरकारी लगाउनेले लाखौँ आम्दानी गर्छन्, हामीहरूले एक सरो लगाउन र बिहान–बेलुकाको छाक टार्न अरूको मुख ताक्नुपर्ने अवस्था छैन ।’

पहिले परम्परागत रूपमा तरकारीखेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक पाँच लाख रुपैयाँ बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लिलाधर कँडेलले बताए । आफूले एक दशकदेखि नै तरकारीखेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उनको भनाइ छ । पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसानहरू व्यावसायिक बन्दै गएको कँडेलले बताए ।

उनले भने, ‘हामी किसानका लागि तालिम, प्राविधिक र बीउ नभई हुँदैन, विभिन्न सङ्घसंस्थाहरूले सहयोग गर्नुभएको छ, व्यावसायिक बन्न सिकियो, पहिला पहिला हाम्रा बाउबाजेका पालामा तरकारी पनि बेच्छन् भन्थे, अहिले त्यही तरकारीले परिवार चलेको छ, बजारका लागि धेरै समस्या छैन, कहिलेकाहीँ भने अनुसारको बजार नपाउँदा दुःख लाग्छ ।’

नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसनकी सामाजिक परिचालिका यमुना बस्यालले लेखानीका किसानले तरकारीखेती सम्बन्धी तालिम लिएपछि व्यावसायिक रूपमा लाग्ने महिलाहरू बढेको बताइन् । फाउन्डेसनले किसानलाई तालिमसहित टनेल, बीउ र कृषिसम्बन्धी अन्य उपकरण उपलब्ध गराएको उनको भनाइ छ । 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : २० बजे

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ

पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा

पोखरा- पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइटमा फुटबल खेलाइएको छ । मोफसलको