माइतीघर पुगेर शिक्षामन्त्रीले भनिन्- शिक्षा क्षेत्र सुधारका लागि नीतिगत काम भइरहेको छ | Khabarhub Khabarhub

माइतीघर पुगेर शिक्षामन्त्रीले भनिन्- शिक्षा क्षेत्र सुधारका लागि नीतिगत काम भइरहेको छ


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरू भइरहेको बताएकी छन् ।  

शिक्षा क्षेत्रको सुधारका लागि माइतीघरमा धर्नामा बसेका विद्यार्थीहरूमाझ मन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि ऐन कानून निर्माण देखि विभिन्न नीतिगत कामहरू भइरहेको बताएकी हुन् ।

उनले तीन तहबीच समन्वयका आधारमा मात्रै शिक्षा सुधार गर्न सकिने धारणा राखिन् । मन्त्रालयले विभिन्न शीर्षकमा स्थानीय तहमा बजेट पठाएपछि पालीकामा शिक्षा कोष र योजना हुन नसक्दा समस्या भएको उनले बताइन् ।

उनले बजेट बनाइसकेपछि आफू मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेकाले आगामी बजेटमा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाइन् । यो वर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित विद्यालयमा केन्द्रित गरेको उनले बताइन् ।  

उनले शिक्षा सुधारको माग गर्दै निरन्तर माइतीघरमा धर्ना दिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँलगायतलाई आन्दोलन स्थगित गर्न आग्रह समेत गरिन् । 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ४४ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको