एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा « Khabarhub

एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौं बैठकको दोस्रो दिन खाजा ब्रेकपूर्व अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले एकीकृत समाजवादी आदिवासी जनजाति फाँटका सह-इञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराए ।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन् ।

एमालेको बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन् । स्थायी र पोलिटब्यूरोकासहित अझै ५२ जनाले बोल्न बाँकी छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ४२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण