संसदीय समितिमा बोल्दा बोल्दै रोकेपछि सभापति खतिवडामाथि खनिए कांग्रेस सांसद थानी « Khabarhub

संसदीय समितिमा बोल्दा बोल्दै रोकेपछि सभापति खतिवडामाथि खनिए कांग्रेस सांसद थानी


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार सिहंदरबारमा संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसिरहेको थियो ।

नेपाली कांग्रेका सांसद रामहरि खतिवडा सभापति रहेको यो समितिले सोमबार उपसभामुख इन्दिरा राना मगर, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्धका उजुरीमा छलफल गर्ने तालिका थियो।

कयौँ महिनादेखि थन्किएका ती उजुरी छलफल थालिएपछि नेपाली कांग्रेसका सांसद हृदयराम थानीले संसदीय समिति आफ्नो कर्तव्य बिर्सिएर बरालिएको गुनासो गरे ।

संसदीयको कार्यपद्धतिबारे प्रश्न उठाएका थानीले अख्तियारको विधेयक पनि समितिमा थन्किएको, अन्य विधेयक पनि समितिले अघि बढाउन नसकेको गुनासोसहित आफ्ना कुरा राखे ।

समिति सभापति खतिवडाको कार्यशैलीमा चित्त नबुझाएका उनले यसरी बरालिन नहुने कुरा राखे । तर त्यही बेला थानीलाई सभापति खतिवडाले बीचमै रोक्ने प्रयास गरे । आफूले बोलिनसक्दै रोकेपछि थानीले सभापति खतिवडाविरुद्ध आक्रोश पोखेनन् मात्रै अबदेखि नबोल्ने भनेर बसे।

अख्तियारबारेको विधेयकमा उपसमितिले काम सके पनि अघि नबढाएकोबारे थानीले सभापति खतिवडामाथि प्रश्न गरे । तर थानी बोलिरहँदा सभापति खतिवडाले रोकेर विधेयक अघि बढ्ने जवाफ दिए ।

तर थानी खतिवडामाथि खनिए । उनले समितिको बैठक सञ्चालन प्रक्रिया ठीक नभएको जिकिरसहित खतिवडासँग आक्रोश पोखे । थानी यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । उनले खतिवडाको शैलीबारे प्रश्न गर्दै आफू अब नबोल्ने भन्दै विद्रोह गरे ।

‘सभापति आफैं कति बोल्नुहुन्छ, बोल्नुस ? म बोल्दिनँ, सबै बोल्ने काम तपाईंकै भयो’, उनले भने, ‘जहिले पनि बोल्न थाल्यो, रोक्न खोजेको छ, कुरा काटेको छ, हामीले बोल्न पाउनुपर्‍यो नि! सबै तपाईंले जान्नुभए भए अब तपाईं नै सबै बोल्नुस् ।’

थानीले आक्रोश पोख्दै सभापति खतिवडाले आफ्नो संयोजकत्वको उपसमितिको प्रतिवेदनसँगै अख्तियारबारेको विधेयक पनि आईसीयूमा राखेको गुनासो गरे ।

तर खतिवडाले जवाफमा उपसमितिको प्रतिवेदन आएकाले अब विधेयक अघि बढ्ने जवाफ दिए । आफूले पनि समितिको नेतृत्व गरिसकेको बताउँदै बोल्न रोकेकोमा खतिवडासँग थानीको आक्रोश थियो । थानीको आक्रोशबीच खतिवडाले सबैको सहमतिमा विधेयक बढाउने जवाफ दिए । ‘हामी सबैको सहमतिमा विधेयक अघि बढाउने हो, तपाईं बोल्नुस्’, थानीलाई फकाउँदै खतिवडाले भने ।

आक्रोशमा आएका थानी त्यसपछि बोल्न मानेनन् । सभापति खतिवडाले त्यसलगत्तै सांसद ईश्वरी न्यौपानेलाई समय दिएका थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ५५ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर