कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा « Khabarhub

कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा एक वर्षमा २ लाख भन्दा बढी बिरामीले सेवा लिएका छन् । 

सोमबार कान्तिका ६३ औँ वार्षिकोत्सव अवसरका निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए । 

निर्देशक डा. रायका अनुसार अस्पतालमा ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिएका छन् । 

यसै गरी, भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना छन् । अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ । जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ ।   

१ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

त्यस्तै डाइग्नोष्टिक सेवाअन्तर्गत अस्पतालले ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्स-रे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ ईईजी सेवा लिएका छन् । 

आर्थिक वर्षभरीमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ४ : ४८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ