एमाले प्रवेश गरेका चेपाङले दिए ओलीसहितलाई ‘जाबी’ उपहार « Khabarhub

एमाले प्रवेश गरेका चेपाङले दिए ओलीसहितलाई ‘जाबी’ उपहार


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेमा प्रवेश गरेका संविधानसभा सदस्य गोविन्दराम चेपाङले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितलाई जाबी (झोला) उपहार दिएका छन् ।

नेकपा एकीकृत समाजवादी परित्याग गर्दै एमाले प्रवेश गरेका संविधानसभा सदस्य चेपाङले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव शंकर पोखरेललाई जाबी उपहार दिएका हुन् ।

जाबी भनेको काखीमुनि लर्किने गरी कुममा भिरिने जालीदार झोला हो । यसलाई खास गरी चेपाङ समुदायले चरा, माछा आदि राख्न प्रयोग गर्छन् ।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको भूमिकामा रहेका चेपाङलाई अध्यक्ष ओलीले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकका क्रममा सोमबार पार्टी प्रवेश गराएका थिए ।

मकवानपुर निवासी चेपाङ एकीकृत समाजवादीमा केन्द्रीय सदस्यसँगै पार्टीको आदिवासी जनजाति फाँटका सहइञ्चार्जको समेत भूमिकामा थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ११ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा