पाकिस्तानमा भएको आतंककारी आक्रमणमा दुई जनाको मृत्यु, एक घाइते « Khabarhub

पाकिस्तानमा भएको आतंककारी आक्रमणमा दुई जनाको मृत्यु, एक घाइते


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षाका दृष्टिले सन् २०२४ पाकिस्तानका लागि सुखद् रहेन । अहिले सन् २०२५ को शुरु भइसकेको छ । 

यो वर्ष पनि पाकिस्तानमा सुरक्षा चुनौती बढ्ने देखिएको छ । दक्षिणी वजिरिस्तानको डेरा इस्माइल खाँ क्षेत्रमा भएको आक्रमणमा एक जना प्रहरी र एक जना भन्सार अधिकारी गरी दुई जनाले ज्यान गुमाएका छन् ।

आक्रमणमा अर्का एक जना प्रहरी पनि घाइते भएका छन् । मारिनेमा अस्मत उल्लाह नाम गरेका प्रहरी हवल्दार र अब्दुल्लाह नाम गरेका भन्सार कर्मचारी रहेको तथा परभेज नाम गरेका प्रहरी हवल्दार घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार अज्ञात बन्दुकधारीले डरबानस्थित प्रहरी सुरक्षा चौकीलाई लक्षित गरी आधुनिक हतियारले आक्रमण गरेका थिए । 

आक्रमणलगत्तै प्रहरी घटनास्थल पुगेका भए पनि हतियारधारी आक्रमणकारी भने फरार भएका थिए । प्रहरीले उनीहरूको खोजी गरिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको