किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान « Khabarhub

किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

झापा- घरमा सहयोगी राखिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी सोमबार जेल चलान भएका छन् ।

झापा जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताएका छन् ।

आदेशका क्रममा न्यायाधीश जोशीले बिरामी रहेका शिवाकोटीलाई उपचार व्यवस्था गर्न पनि जिल्ला कारागार कार्यालय झापालाई आदेश दिएको छ। आइतबार बयान सकिएसँगै शिवाकोटीको मुद्दामा सोमबार आदेश आएको हो ।

घरमा कामदारका रुपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटीलाई प्रहरीले गत मंसिर २४ गते बिर्तामोड नगरपालिका-५ स्थित घरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेदेखि नै शिवाकोटी हिरासतमा नबसी बीएण्डसी अस्पतालमा भर्ना भएका थिए ।

पटक पटक बलात्कार गरिएपछि ती किशोरी बिर्तामोड-५ स्थित शिवाकोटीको घरबाट भागेर काँकडभिट्टा पुगेकी थिइन् । किशोरीलाई काकडभिट्टाबाट उद्धार गरिएपछि शिवाकोटीलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ४५ बजे

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक