किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान « Khabarhub

किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

झापा- घरमा सहयोगी राखिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी सोमबार जेल चलान भएका छन् ।

झापा जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताएका छन् ।

आदेशका क्रममा न्यायाधीश जोशीले बिरामी रहेका शिवाकोटीलाई उपचार व्यवस्था गर्न पनि जिल्ला कारागार कार्यालय झापालाई आदेश दिएको छ। आइतबार बयान सकिएसँगै शिवाकोटीको मुद्दामा सोमबार आदेश आएको हो ।

घरमा कामदारका रुपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटीलाई प्रहरीले गत मंसिर २४ गते बिर्तामोड नगरपालिका-५ स्थित घरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेदेखि नै शिवाकोटी हिरासतमा नबसी बीएण्डसी अस्पतालमा भर्ना भएका थिए ।

पटक पटक बलात्कार गरिएपछि ती किशोरी बिर्तामोड-५ स्थित शिवाकोटीको घरबाट भागेर काँकडभिट्टा पुगेकी थिइन् । किशोरीलाई काकडभिट्टाबाट उद्धार गरिएपछि शिवाकोटीलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ४५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण