किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान « Khabarhub

किशोरी बलात्कार प्रकरणमा बिर्तामोडका पूर्वप्रमुख जेल चलान


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

झापा- घरमा सहयोगी राखिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटी सोमबार जेल चलान भएका छन् ।

झापा जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताएका छन् ।

आदेशका क्रममा न्यायाधीश जोशीले बिरामी रहेका शिवाकोटीलाई उपचार व्यवस्था गर्न पनि जिल्ला कारागार कार्यालय झापालाई आदेश दिएको छ। आइतबार बयान सकिएसँगै शिवाकोटीको मुद्दामा सोमबार आदेश आएको हो ।

घरमा कामदारका रुपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटीलाई प्रहरीले गत मंसिर २४ गते बिर्तामोड नगरपालिका-५ स्थित घरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेदेखि नै शिवाकोटी हिरासतमा नबसी बीएण्डसी अस्पतालमा भर्ना भएका थिए ।

पटक पटक बलात्कार गरिएपछि ती किशोरी बिर्तामोड-५ स्थित शिवाकोटीको घरबाट भागेर काँकडभिट्टा पुगेकी थिइन् । किशोरीलाई काकडभिट्टाबाट उद्धार गरिएपछि शिवाकोटीलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ४५ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा