युद्धग्रस्त सुडानमा तीन करोडभन्दा बढीलाई सहायताको आवश्यकता « Khabarhub

युद्धग्रस्त सुडानमा तीन करोडभन्दा बढीलाई सहायताको आवश्यकता


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोर्ट सुडान – संयुक्त राष्ट्रसङ्घले सोमबार २० महिने युद्धपछि सुडानमा आधाभन्दा बढी बालबालिकासहित तीन करोडभन्दा बढी मानिसलाई सहायताको आवश्यकता रहेको बताएको छ ।

राष्ट्रसङ्घले ‘अभूतपूर्व मानवीय सङ्कट’ भनेको यस स्थितिमा कूल तीन करोड चार लाख आवश्यकतामा परेका मानिसमध्ये दुई करोड नौ लाख मानिसलाई लक्षित गर्दै चार अर्ब २० करोड डलरको कोष आह्वान गरेको छ । सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच सन् २०२३ अप्रिलमा सुरु भएको युद्धले सुडान टुक्रिएको छ र अनिकालको सङ्घारमा पुगेको छ ।

दशौँ हजार मानिस मारिएका छन् र ८० लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित भएका छन् । यसले युद्धअघि २७ लाख विस्थापितका अतिरिक्त सुडानलाई विश्वको सबैभन्दा ठूलो आन्तरिक विस्थापन सङ्कटका रूपमा परिणत गरेको छ । युद्धबाट बच्न थप ३३ लाख मानिस सुडानको सीमा पार गरेर भागेका छन् । यसको अर्थ जसको अर्थ युद्धपूर्व अनुमानित पाँच करोड जनसङ्ख्याको एक चौथाईभन्दा बढी अहिले विस्थापित भएका छन् ।

सुडानका पाँच क्षेत्रहरूमा पहिले नै अनिकाल घोषणा गरिएको छ र मेसम्ममा थप पाँच क्षेत्रमा अनिकाल फैलिने अपेक्षा गरिएको । सुडानमा हाल ८१ लाख मानिस भोकमरीको सँघारमा छन् । सुडानको सेना–समर्थित सरकारले अनिकाल भएको अस्वीकार गरेको छ । यद्यपि सहायता संस्थाहरूले नोकरशाही अवरोध र जारी हिंसाले सहायता पहुँचमा अवरोध भएको गुनासो गरेका छन् ।

सेना र आरएसएफ दुवैमाथि भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ । द्वन्द्वको धेरैजसो समयमा संयुक्त राष्ट्रसङ्घले यस गरिब उत्तरपूर्वी अफ्रिकी देशमा आफ्नो मानवीय प्रतिक्रियाका लागि लक्षित कोषको एक चौथाई पनि जुटाउन सङ्घर्ष गरेको छ । नागरिकहरूमाथि गरिएका अत्याचारका मात्राका बावजुद मध्यपूर्व र युक्रेनका द्वन्द्वहरूको छायाँमा परेर सुडानको युद्धलाई प्रायः विश्वको ‘बिर्सिएको’ युद्ध भनिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : १९ बजे

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन