कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : माधव नेपाल « Khabarhub

कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : माधव नेपाल


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा समस्या देखापरेको बताएका छन् ।

केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी निकट निर्वाचन आयोगका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्टहरूमा बढ्दै गएको व्यक्तिवादी चरित्र तथा स्वेच्छाचारी प्रवृत्तिले समस्या आएको बताएका हुन् ।

वर्तमान अवस्थामा देखापरेका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै उनले सङ्कटको सामना गर्ने वैचारिक सामथ्र्य एकीकृत समाजवादीसँग रहेको बताए । उनले भने “समस्यालाई राम्ररी हल गर्ने गरी सकारात्मक कुरा लिएर गाउँमा जानुपर्छ । आफू बलियो भएपछि मात्रै अरुले पत्याउँछन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले गाउँ बलियो बनाउन नेताहरूले जनताको बीचमा गएर उनीहरूको दुःख सुखमा साथ दिनुपर्ने बताए ।

पार्टी महासचिव घनश्याम भुसालले वाम आन्दोलन सङ्कटमा परेकोमा चिन्ता प्रकट गर्नुभयो । हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा अघि सारेको योजनाअनुरुप आन्दोलनद्वारा पार्टी निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

आयोग अध्यक्ष माधव पौडेलले आयोगका नेताहरूलाई स्थानीय भूगोलको जिम्मेवारी दिनुपर्ने बताउँदै यसपालीको कार्य विभाजनले राम्रो काम गर्न सक्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ९ : ४६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको