कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : माधव नेपाल « Khabarhub

कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : माधव नेपाल


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा समस्या देखापरेको बताएका छन् ।

केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी निकट निर्वाचन आयोगका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्टहरूमा बढ्दै गएको व्यक्तिवादी चरित्र तथा स्वेच्छाचारी प्रवृत्तिले समस्या आएको बताएका हुन् ।

वर्तमान अवस्थामा देखापरेका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै उनले सङ्कटको सामना गर्ने वैचारिक सामथ्र्य एकीकृत समाजवादीसँग रहेको बताए । उनले भने “समस्यालाई राम्ररी हल गर्ने गरी सकारात्मक कुरा लिएर गाउँमा जानुपर्छ । आफू बलियो भएपछि मात्रै अरुले पत्याउँछन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले गाउँ बलियो बनाउन नेताहरूले जनताको बीचमा गएर उनीहरूको दुःख सुखमा साथ दिनुपर्ने बताए ।

पार्टी महासचिव घनश्याम भुसालले वाम आन्दोलन सङ्कटमा परेकोमा चिन्ता प्रकट गर्नुभयो । हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा अघि सारेको योजनाअनुरुप आन्दोलनद्वारा पार्टी निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

आयोग अध्यक्ष माधव पौडेलले आयोगका नेताहरूलाई स्थानीय भूगोलको जिम्मेवारी दिनुपर्ने बताउँदै यसपालीको कार्य विभाजनले राम्रो काम गर्न सक्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ९ : ४६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले