ट्रम्पको गाजा नियन्त्रण प्रस्तावले विश्व विभाजित : राष्ट्रसंघका महासचिवले गरे विरोध « Khabarhub

ट्रम्पको गाजा नियन्त्रण प्रस्तावले विश्व विभाजित : राष्ट्रसंघका महासचिवले गरे विरोध

घृणा उत्पन्न गरायो-जर्मनी, अन्तर्राष्ट्रिय कानुनको उलंघन भयो-फ्रान्स


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा नियन्त्रणमा लिने प्रस्ताव गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले यसलाई अस्वीकार गरेका छन्।

आदिवासीलाई सफाया गर्ने कुनै पनि योजनामा राष्ट्र सङ्घ सरिक नहुने उनले बताएका छन्। उनले घुमाउरो भाषामा ट्रम्पको प्रस्तावको विरोध गरेका हुन्।

ट्रम्पको यो प्रस्तावले विश्व विभाजित हुने संकेत देखिएको छ। अमेरिकाको निकटस्थ देशले समेत ट्रम्पको यो प्रस्तावमा असहमति जनाएका छन्। बेलायतले प्यालेस्टाइनी आफ्नो भूमिमा बस्न पाउनुपर्ने बताउँदै आएको छ। इजिप्टले त्यहाँका मानिसलाई निकाला नगरेर गाजालाई फेरि विकास गर्नुपर्ने बताएको छ।

साउदी अरेबियाले प्यालेस्टाइनीलाई विस्थापित गर्ने योजनामा असहमति जनाएको छ।

जर्मनीले ट्रम्पको प्रस्तावले घृणा उत्पन्न गराएको बताएको छ भने फ्रान्सले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ। इजरायलकै अति दक्षिणपन्थीले भने यस प्रस्तावको पक्षमा वकालत गरेका छन्।

अमेरिकी रक्षामन्त्री पिटर हेगसेथले भने राष्ट्रपति ट्रम्पले गाजा खाली गराउनका लागि सबै विकल्पको अध्ययन गरिसकेको बताएका छन्।

यसैगरी, अमेरिकी विदेशमन्त्री मार्क रुवियोले ट्रम्पको गाजा खाली गर्ने योजना बन्दी रिहाइसँग जोडेर हेर्न नहुने कुरामा जोड दिएका छन्।

अर्थमन्त्री बेजालेल स्मोटरेचले हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको यो नै सही जवाफ भएको बताएका छन्।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ५३ बजे

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन