मानवसेवा आश्रम भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञको आयोजना  « Khabarhub

मानवसेवा आश्रम भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञको आयोजना 


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढी स्थित मानवसेवा आश्रमले आफ्नै भवन निर्माण गर्नका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरेको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्‌घाटन गरे ।

उद्‌घाटन अघि शिवपुरी धामबाट महायज्ञस्थलसम्म बाजागाजा, सांस्कृतिक झाँकीसहितको कलश यात्रा निकालिएको थियो ।

धनगढी उपमहानगरपालिका– १ को पशुपति टोलस्थित सुदूरपश्चिम महोत्सव हुने स्थानमा भइरहेको महायज्ञ ज्ञान, विज्ञान र धार्मिक संस्कृतिको प्रचारमा केन्द्रित रहने छ ।

मानव सेवामा समर्पित आश्रमले सेवाक्षेत्र र सेवा सङ्ख्यालाई थप विस्तार र व्यवस्थित गर्न आफ्नै भवन निर्माणको अभियान स्वरुप महायज्ञ लगाएको हो । माघ ३० गतेसम्म चल्ने महायज्ञबाट पाँच करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको आयोजक मानव सेवा आश्रमले जनाएको छ । भवन धनगढीमा निर्माण गर्ने लक्ष्य राखेको छ ।

महायज्ञ अवधिभर हरेक दिन साँझ ६ बजेदेखि राष्ट्रिय र स्थानीय कलाकारहरूबाट भजन, कीर्तन र नृत्य कार्यक्रम रहने छ । ख्यातिप्राप्त कलाकारहरूबाट गीत, संगीत, भजन, कीर्तन, झाँकी, देवलीला, नृत्यहरू आयोजना हुनेछ । हरेक दिन महायज्ञमा पाञ्चायन पूजा, लक्ष्यवर्ती, पितृ उद्धार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पूजा, महामृत्युञ्जय, जप, पाठ परायण जस्ता दैनिक कर्मकाण्डी पूजापाठ गरिने जनाइएको छ ।

समितिका अनुसार महायज्ञमा उपस्थित भक्तजनहरूले सातै दिन चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गर्न पाउने छन् ।

महायज्ञमा हरेक दिन भाष्कर कमलनयन गौतमले बिहान साढे ११ देखि अपराह्न ४ बजेसम्म सङ्गीतमय श्रीमद्भागवत कथा वाचन गर्नेछन् भने ४ बजेपछि दिव्य आरती तथा प्रसाद वितरण हुने मूल आयोजक समितिले जनाएको छ । यस्तै बिहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जलि योगपीठका केन्द्रीय प्रभारी, लवदेव मिश्र लगायतबाट योग शिविर सञ्चालन हुनेछ । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १० : ०४ बजे

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

घोराही– देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा

स्याङ्जा- १ का उम्मेदवार मिनप्रसादलाई ६ प्रश्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरीका १६५