अछाम पुगेर बादलले भने- भीम रावलमा वैचारिक विचलन देखियो « Khabarhub

अछाम पुगेर बादलले भने- भीम रावलमा वैचारिक विचलन देखियो


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

अछाम- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पूर्वउपाध्यक्ष डा. भीम रावलमा वैचारिक विचलन देखिएको बताएका छन् ।

पूर्व गृह तथा रक्षामन्त्रीसमेत रहेका बादललले एमालेबाट गत पुस ११ गते निष्कसित रावलको गृहजिल्ला अछामको मंगलसेनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

‘यो उहाँ( भीम रावल) को गृहजिल्ला हो । उहाँ अहिले हाम्रो पार्टीमा हुनु हुन्न । दशौँ महाधिवेशनको समाप्तिपछि नै उहाँ एमालेमा हुनुहुन्न । पार्टीले पुस ११ गते उहाँलाई वैधानिक रुपमा नरहेको घोषणा मात्रै गर्‍यो’, उनले भने, ‘दशौँ महाधिवेशनदेखि नै उहाँ एमालेमा हुनुहुन्थेन । महाधिवेशनलगत्तैदेखि उहाँ पार्टीको विधि विधानअन्तर्गत रहनु भएन । त्यही बेलादेखि नै पार्टी छाडिसक्नु भएको थियो ।’

बादलले अहिले रावल गैरकम्युनिस्ट पार्टी बनाउनेतिर लागेको बताए । ‘मार्क्सवादी दर्शन बोकेको एमाले छाडेर भीम रावल गैरकम्युनिस्ट पार्टी बनाउन लाग्नु भएको छ । उहाँमा वैचारिक विचलन देखिएको छ’, उनले भने, ‘एमालेको मार्क्सवादी विचारबाट विचलन भएर नयाँ पार्टी खोल्नेतिर लाग्नु भएको छ। उहाँ भएको भए कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्नु हुन्थ्यो । अछाममा पनि कम्युनिस्ट आन्दोलन बलियो हुन्थ्यो ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १ : ०३ बजे

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको