अछाम पुगेर बादलले भने- भीम रावलमा वैचारिक विचलन देखियो | Khabarhub Khabarhub

अछाम पुगेर बादलले भने- भीम रावलमा वैचारिक विचलन देखियो


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

अछाम- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पूर्वउपाध्यक्ष डा. भीम रावलमा वैचारिक विचलन देखिएको बताएका छन् ।

पूर्व गृह तथा रक्षामन्त्रीसमेत रहेका बादललले एमालेबाट गत पुस ११ गते निष्कसित रावलको गृहजिल्ला अछामको मंगलसेनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

‘यो उहाँ( भीम रावल) को गृहजिल्ला हो । उहाँ अहिले हाम्रो पार्टीमा हुनु हुन्न । दशौँ महाधिवेशनको समाप्तिपछि नै उहाँ एमालेमा हुनुहुन्न । पार्टीले पुस ११ गते उहाँलाई वैधानिक रुपमा नरहेको घोषणा मात्रै गर्‍यो’, उनले भने, ‘दशौँ महाधिवेशनदेखि नै उहाँ एमालेमा हुनुहुन्थेन । महाधिवेशनलगत्तैदेखि उहाँ पार्टीको विधि विधानअन्तर्गत रहनु भएन । त्यही बेलादेखि नै पार्टी छाडिसक्नु भएको थियो ।’

बादलले अहिले रावल गैरकम्युनिस्ट पार्टी बनाउनेतिर लागेको बताए । ‘मार्क्सवादी दर्शन बोकेको एमाले छाडेर भीम रावल गैरकम्युनिस्ट पार्टी बनाउन लाग्नु भएको छ । उहाँमा वैचारिक विचलन देखिएको छ’, उनले भने, ‘एमालेको मार्क्सवादी विचारबाट विचलन भएर नयाँ पार्टी खोल्नेतिर लाग्नु भएको छ। उहाँ भएको भए कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्नु हुन्थ्यो । अछाममा पनि कम्युनिस्ट आन्दोलन बलियो हुन्थ्यो ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १ : ०३ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा