सदनमा जनसरोकारका विषय उठाउने कांग्रेसको प्रतिबद्धता « Khabarhub

सदनमा जनसरोकारका विषय उठाउने कांग्रेसको प्रतिबद्धता


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्र र जनताका हितमा समर्पित रही काम गर्न र जनसरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसदमा बिहीबार बसेको संसदीय दलको बैठकले राष्ट्र र जनताका हितमा समर्पित रही काम गर्न र जनसरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेको हो। 

‘संसद र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन राष्ट्र र जनताका हितमा सम्पूर्ण रूपमा समर्पित रही काम गर्न, सोहीअनुसार विधानको कार्य गर्ने, जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ,’ बैठकपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने । 

उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न पनि सरकारलाई बैठकले आग्रह गरेको जानकारी दिए ।  

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी छन्,’ बैठकले गरेका निर्णय सार्वजनिक गर्दै घिमिरेले भने, ‘संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न नेपाल सरकारलाई यो बैठक आग्रह गर्दछ ।’

संसदीय दलको बैठकले पार्टीबाट निर्वाचित सांसदहरूलाई विचाराधीन विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्नका लागि संसदीय समितिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि निर्देशन दिएको छ ।  

‘संसदमा विचाराधीन रहेका विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसका सम्पूर्ण माननीय सदस्यहरूलाई यो बैठक निर्देशन गर्दछ,’ घिमिरेले भने । 

उनले मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका विभिन्न अध्यादेशहरूमा समर्थन जनाएको पनि जानकारी दिए ।

‘नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरूलाई यो बैठक समर्थन गर्दछ,’ प्रमुख सचेतक घिमिरेले भने ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १ : ११ बजे

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो ‘अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता