सदनमा जनसरोकारका विषय उठाउने कांग्रेसको प्रतिबद्धता | Khabarhub Khabarhub

सदनमा जनसरोकारका विषय उठाउने कांग्रेसको प्रतिबद्धता


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्र र जनताका हितमा समर्पित रही काम गर्न र जनसरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसदमा बिहीबार बसेको संसदीय दलको बैठकले राष्ट्र र जनताका हितमा समर्पित रही काम गर्न र जनसरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेको हो। 

‘संसद र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन राष्ट्र र जनताका हितमा सम्पूर्ण रूपमा समर्पित रही काम गर्न, सोहीअनुसार विधानको कार्य गर्ने, जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ,’ बैठकपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने । 

उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न पनि सरकारलाई बैठकले आग्रह गरेको जानकारी दिए ।  

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी छन्,’ बैठकले गरेका निर्णय सार्वजनिक गर्दै घिमिरेले भने, ‘संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न नेपाल सरकारलाई यो बैठक आग्रह गर्दछ ।’

संसदीय दलको बैठकले पार्टीबाट निर्वाचित सांसदहरूलाई विचाराधीन विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्नका लागि संसदीय समितिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि निर्देशन दिएको छ ।  

‘संसदमा विचाराधीन रहेका विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसका सम्पूर्ण माननीय सदस्यहरूलाई यो बैठक निर्देशन गर्दछ,’ घिमिरेले भने । 

उनले मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका विभिन्न अध्यादेशहरूमा समर्थन जनाएको पनि जानकारी दिए ।

‘नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरूलाई यो बैठक समर्थन गर्दछ,’ प्रमुख सचेतक घिमिरेले भने ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १ : ११ बजे

अवैध कारोबारमा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ११ जिल्लाबाट अवैध

जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतबाट भेटवार्ता

ललितपुर– ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता

अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट

ओटावा – क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ। पार्टीका

जनकपुरमा जानकी जन्मोत्सव सुरु

धनुषा– पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक